मजुवाका आमाहरुले उम्मेद्वारलाई दिए बिजयीको आशिर्वाद
नारायण कुमार राई/धनकुटा, १६ बैसाख । आसन्न निर्वाचनमा छथर जोरपाटी गाउँपालिकाका लागि उमेद्वारी दिएका अध्यक्ष,उपाध्यक्ष र वडाका उमेद्वारहरुलाई मजुवा गाउँका आमाहरुले बिजयीको आशिर्वाद दिएका छन् ।
नेकपा एमाले छथरजोरपाटी गाउँपालिका वडा नं.६ ले आयोजना गरेको चुनावी कार्यक्रममा आएका आमाहरुले अध्यक्षका उमेद्वार शेरबहादुर लिम्बू,उपाध्यक्षका उमेद्वार गोमा कार्की लगाएत वडाका उमेद्वारहरुलाई रातो अबिर र खादा ओढाएर आशिर्वाद दिएका हुन् ।
कार्यक्रममा मजुवाकी ८५ बर्षिया देवीमाया थापा,गंगामायाँ बिष्ट,ईन्द्रमायाँ बिष्टको नेतृत्वमा आएका गाउँका आमाहरुले अध्यक्ष,उपाध्यक्ष सहित वाडका अध्यक्षका उमेद्वार निलबहादुर थापा,सदस्यहरु भद्रबहादुर बिष्ट,गणेशबहादु्र थापा,महिला सदस्य श्रेष्ठ र महिला दलित सदस्य बिष्णु.बि.क.लाई टिका र खादा लगाएर आशिर्वाद दिनुभएको थियो ।
आशिर्वाद दिंदै ८५ बर्षिया एकल महिला थापाले बृद्धा भत्ता तथा एकल महिलाका भत्ता कार्यक्रम ल्याएर बुढेशकालमा साहारा दिएकोले घामपाटीबाट उठेकाहरुलाई सम्मान गरिएको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रमा आएका ७६ बर्षिया डम्बर बिष्टले बुढेसकालमा छोराले नहेरे पनि बृद्धा भत्ताले सहारा दिएकोले फेरी पनि एमालेका उमेद्वारलाई गाउँका आमाहरुले आशिर्वाद दिएको बताउनुभयो ।
त्यस्तै उक्त गाउँका ६४ बर्षिया गणेशबहादुर खड्काले अहिलेको नेतृत्वले ५ बेडको अस्पताल,सामुदायिक भवन ,सडक,स्वास्थ्य चौकी तथा बिद्यालय भवन लगाएतका बिकासका कामहरु गरेकाले फेरी उनीहरुलाई नै जिताउन आमाहरुबाट आर्शिवाद दिईएको बताउनुभयो ।
कार्यक्रममा अध्यक्षका उमेद्वार लिम्बू लगाएत उपाध्यक्ष तथा वडा अध्यक्षका उमेद्वार थापाले गाउँका आमाबुवाका समस्याहरुको समधान गर्न आफूहरु संधै तत्पर रहने प्रतिवद्धता जनाउनुभएको थियो ।
बिजयका लागि शुभकामना तथा आशिर्वाद दिने सबै आमाबुवाहरुलाई एमाले वडा कमिटी अध्यक्ष जीतबहादुर बिष्ट,जिल्ला कमिटी सदस्य भीमकला श्रेष्ठ र प्रदेश कमिटी सदस्य बलदिप राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


