पाख्रीबास ९ मा नेकपा एमाले उम्मेदवारहरुको घरदैलो कार्यक्रम,काङ्ग्रेस पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश गर्ने युवाहरूलाई खादा र अविरले स्वागत

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ मा नेकपा एमाले पार्टीको प्रत्यासी उम्मेदवारहरुले घरदैलो कार्यक्रम अगाडि बढाई रहेको छ ।

वडा अध्यक्ष उम्मेदवार सम्झना आले , सदस्यहरु पहलमान घिसिङ ,मदन आले , तारादेवि ढकाल धमला लगायतका टोलीले टोल टोलमा पुगेर नेकपा एमाले पार्टीलाई जिताउन सुर्य चिन्हमा मतदान गर्न आव्हान गरिएको छ ।

साोही चुनावी प्रचारप्रसारका क्रममा चुनावी प्रचारप्रसार समितिका संयोजक तथा पार्टी नगर उपाध्यक्ष लोकेन्द्र घिसिङले सानातिना सबै काम घरनजिकैको सरकारबाट सुल्झाउन सकिने भएकाले सुर्य चिन्हमा मतदान गरेर ५ वर्ष सम्म ढुक्क हुनु पर्ने बताउनुभयो ।

त्यस्तै गरि उहाले विकास गर्ने ठाउँ भनेको स्थानीय तह भएकाले सहि उम्मेदवार छान्नु पर्ने बताउनु भयो । उहाले गठबन्धनले संबिधान र कानुन मिचेर महिलाको राजनीति गर्ने अधिकार खोसेको बताउदै गठबन्धन भनेको कालेकाले मिलेर खाउ भाले मात्र भएकाले उनिहरुबाट कुनै पनि विकास हुन नस्सक्ने वहांले ठोकुवा गर्नु भयो ।

त्यस्तै गरि पार्टीका पुर्व जिल्ला कमिटी सदस्य यज्ञ घिसिङले काङ्ग्रेसलाई परास्त गर्दै एमाले पार्टीको सानदार जित सुनिश्चित भएकाले सबैलाई अलमल नभई सुर्य चिन्हमा मतदान गर्न सल्लाह दिनुभयो ।

यसैगरी कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष चन्द्रलाल घिसिङले वडा नं ९ मा विकास निर्माणका काम धेरै गर्न सफल भएको दावी गर्नुभयो । त्यस्तै गरि क्रममा उम्मेदवार हरुले घोषणा पत्रमा समेटिएको काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोही अवसरमा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश गर्ने युवाहरूलाई खादा र अविरले स्वागत गर्दै नेताहरुले पार्टी प्रवेश गराएको थियो । कार्यक्रममा वृद्धावृद्वहरुलाई खादा तथा अविरले सम्मान गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।