निर्वाचन नजिकिए संगै धनकुटामा दलहरुले चुनावी अभियान तिव्र

धनकुटा,१७ बैशाख । स्थानिय तहको निर्वाचन नजिकिए संगै धनकुटामा राजनैतिक दलहरुले चुनावी अभियानलाई तिव्रता दिएका छन् ।

बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरेर दल तथा तिनका कार्यकर्ताहरुले अहिले घर दैलो कार्यक्रमलाई तिव्रता दिएका हुन् । निर्वाचन आउन १३ दिन मात्र बाँकी रहंदा दलहरुले अभियानलाई सशक्त बनाएका छन् ।

धनकुटामा यो पटक सत्ता गठबन्धनमा आवद्ध दल र प्रमुख प्रतिपक्ष एमालेका उम्मेदवारहरु विच नै मुख्य प्रतिस्पर्धा रहने देखिएको छ । यस अघिको स्थानिय तहको निर्वाचनमा सात स्थानिय तह रहेको धनकुटामा प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष सहित नेकपा एमालेले जिल्लाका अधिकांश वडा अध्यक्ष र सदस्य जितेको थियो ।

यो पटक सत्ता गठबन्धनमा आवद्द दल एमालेलाई जसरी पनि पराजित गर्ने भन्दै चुनावी मैदानमा अत्रिएका छन् भने एमाले यो पटक पनि सबै स्थानिय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष सहित अधिकांश वडा आफूले नै जित्ने दावीका साथ चुनावी मैदानमा उत्रिएको छ ।

एमालेले अघिल्लो स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका १ नगरप्रमुख र ३ पालिका अध्यक्षलाई फेरी दोहोराएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।