धनकुटाको शहिदभुमी गाउँपालिकाका अध्यक्ष पदका स्वतन्त्र उम्मेद्धार राईले पाए चुनाव चिन्ह ‘धारा’
धनकुटा । धनकुटाको शहिदभुमी गाउँपालिकाका अध्यक्ष पदका स्वतन्त्र उम्मेद्धार माईकल राईले चुनाव चिन्ह ‘धारा’ पाउनु भएको छ । आउदो बैशाख ३० का लागि तोकिएको स्थानिय तह निर्वाचनका लागि उम्मेद्धारी दिएका उम्मेद्धारहरुलाई आज चुनाव चिन्ह दिएको थियो ।
सोही अनुसार माईकलले पनि ‘धारा’ चुनाव चिन्ह प्राप्त गर्नुभएको हो । उहाँले कृषि, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने आफ्नो चुनावी घोषणा पत्र मार्फत प्रतिवद्धता जनाउनु भएको छ ।
पालिकावासीलाई आधुनिक शहरका सुविधा र गाउँको स्वच्छता उपभोग गर्ने अवस्था तयार गर्न प्रयास गर्ने, पालिका सबै वडाहरुलाई अधिकार सम्पन्न र प्रभावकारी बनाइने, सरकारी सुविधा र योजनाहरुको बिना भेदभाव बाँडफाँड गर्ने, निर्वाचनको बेला भोट हालेको आधारमा सुविधाहरुको बाँडफाँड गर्ने प्रथाको अन्त्य गर्ने, पालिकालाई पार्टीको भर्ती केन्द्र हुनबाट रोक्ने समेत उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।
यस्तो छ वहांको घोषणा पत्र –
बा–आमा, दाजु–भाइतथादिदी–बहिनीहरु सबैमानमस्कार!
पालिकाकोएक सचेत, शिक्षित र विकासकार्यमाअनुभवीयहाँको माटो चिनेको स्वतन्त्रनागरिकका हैसियतले म साविकखोकु गाविस वडा १ निवासीश्री पञ्च कृष्ण माविका सस्थापकप्रअश्री भूपदेव सुरर्फोङ राईको छोेरा माईकल राईतपाईंहरुका सामु पालिकाको अध्यक्षको पदमातपाईंहरु समक्ष प्रस्तुतभएको छु । यहाँ मेरा दृष्टिकोण र प्रतिबद्धताहरु उल्लेखगरिएका छन् ।
-कृषि,शिक्षा र रोजगारीलाईप्राथमिकतामा राखीकामगरिने छ । पालिकालाई उन्नत, आधुनिक र आत्मनिर्भर बनाउने गरी एकीकृत रुपमायी क्षेत्रको योजनागरिने छ । पालिकावासीलाई आधुनिकशहरका सुविधा र गाउँको स्वच्छता उपभोग गर्ने अवस्थातयार गर्ने मेरो प्रयत्न रहने छ ।
-सबै वडा पालिकाहरुलाई अधिकार सम्पन्न र प्रभावकारी बनाइने छ । सरकारी सुविधा र योजनाहरुको बिना भेदभावबाँडफाँड गरिने छ । निवार्चनको बेलाभोट हालेको आधारमा सुविधाहरुको बाँडफाँड गर्ने प्रथाको अन्तगरिने छ ।पालिकाहरुलाई पार्टीको भर्ती केन्द्र हुनबाट रोकीने छ । स्वतन्त्रउम्मेदवारी दिँदामसँगत्यो स्वतन्त्रताअझ धेरै रहने छ ।
-योग्यता र अनुभवको आधारमा एक घर एक रोजगारीको व्यवस्थागरिने छ ।विदेशबाट फर्किएकायूवाहरुलाई व्यवसायगर्नकालागि सहुलियतब्याज दरमा ३ लाखसम्मको व्यवसायअनुदानदिइने छ ।नवदम्पतिहरुलाई सुनौलो जीवन सुरुवातगर्नका लागिव्यवसायगर्न २ लाखसम्मको सुहुलियत दरमाकर्जा दिने व्यवस्थागरिने छ ।
– पालिकामा खेलकूदलगायतकाविविधप्रतिभापहिचान गरी पुरस्कृत गर्न वार्षिक रुपमा वडा स्तरीय र पालिका स्तरीय एक उत्सवको आयोजनागरिने छ ।
– जेष्ठ नागरिक, एकलमहिला, दलित, शारीरिक अशक्तताभएकाव्यक्तिलाई थप एक हजारसहानुभूतिभत्ताको व्यवस्थागरिने छ । एकल पुरुषहरुलाई पनिअन्य सामाजिक सुरक्षासरहको भत्ताउपलब्ध गराइने छ ।
– किसानहरुको वर्गीकरण गरी खेतीपातीले मात्रगुजारा चलाउने परिवारलाई मासिक एक हजारसहयोगभत्ताउपलब्ध गराइने छ ।
ड्ड कृषिमा सडकको उपयोगिता रजनसाधारणमा यातायातको सुविधा बढाउन बाह्रै महिना मूलघाट–सिम्ले, धनकुटा–पाङ्गनामबसको व्यवस्थापनगरिने छ ।
कृषिलाई रोजगारी, आत्मनिर्भरता र समृद्धिको साधनका रुपमालिई यहाँको भौगोलिकविशेषता र आवश्यकताअनुसार विकसितगरिने छ । कृषि हेलाहोइन, युवाको रोजाइको व्यवसायहुने गरी कार्यक्रमचलाइने छ ।
– सुन्तला, जुनार, एभोकाडो, कफी, रुद्रक्ष, गोलभेडा, अदुवा जस्ता फलपूmल र तरकारीको एकीकृत व्यावसायिकउत्पादनगर्ने कार्यक्रम अगाडि बढाइने छ ।
– एक वडा एक सामुदायिकव्यावसायिकबागवानी नर्सरीको सुरुवातगरिने छ ।
– एक वडा एक कृषिबालीप्रशोधन केन्द्र र कोल्ड स्टोरको व्यवस्थापनगरिने छ ।
– माटोको सुधारका लागितोकिएको ढाँचामा गोठ निर्माण गर्न र जनावर खरीदगर्न अनुदानदिइने छ ।
-पशुपालनकालागिअवश्यक पर्ने विभिन्नभ्याक्सिनहरु सरल तरिकाबाट वडा सेवा केन्द्रबाट विभेद रहिततरिकाले वितरण गरिने छ ।
– स्थानीय बिउ संकलन केन्द्रको स्थापना गरी रैथाने बिउहरुको जगेडा गरी त्यसको प्रयोग गर्न अवश्यकवजेट विनियोजन गर्ने छु ।
– कृषिलाई पर्यटन र रोजगारीसँगएकीकृत गर्दै होमस्टे प्रवद्र्धन र नियमन गरी अनुदान र प्राविधिक सहयोगको व्यवस्थागरिने छ । यसलाई विदेशबाट फर्केका युवामालक्षितकार्यक्रमको रुपमालिइने छ ।
– होमस्टेसँगै स्थानीय चाडपर्वहरुको प्रवद्र्धन र व्यवस्थापनकालागि बजेट विनियोजन गरिने छ । यसलाई विद्यालयसँगपनिएकीकृत गरिने छ ।
शिक्षालाई समुन्नतिको आधार बनाइने छ र अरु उन्नति प्रवद्र्धन गर्ने साधनको रुपमाविकसितगरिने छ । सामुदायिकविद्यालयहरुलाई गुणस्तरीय बनाई बाध्यभएर चर्काे फिस तिरी निजीविद्यालय पठाउनु पर्ने अवस्थाअन्त्यगर्ने प्रयास सुरु गरिने छ ।
– विद्यालयअभिभावक र केटाकेटी दुवैलाई आकर्षक बनाउनभौतिक र गुणात्मक सुधार गरिने छ । हरेकविद्यालय हराभरा र हरेक प्राथमिकतहकाकक्षा कोठा रङ्गीचङ्गीबनाइने छ ।
– सबै विद्यालयहरुमा साप्ताहिकअतिरिक्त क्रियाकलापअनिवार्य गरिने छ ।त्यसकालागि बजेटको विनियोजन गरिने छ ।
-अपुगशिक्षकहरुको व्यवस्थापनगरी एक कक्षा एक शिक्षक, एक विषय एक शिक्षकको व्यवस्थागरिने छ ।
-शैक्षिक समस्याको विवेचनागर्न र सफलप्रयत्नहरुको प्रदर्शन गर्न पालिका स्तरीय शैक्षिकसम्मेलन र मेलाको आयोजनागर्नकालािग बजेट छुट्याइने छ ।
– स्थानीय पाठ्यक्रम निर्माण गरी स्थानीय संस्कार संकृति र विशेषता संरक्षणमा विद्यालयको योगदान प्रवद्र्धन गरिने छ ।
– सम्भवभएसम्म हरेक विद्यालयलाई खासगरी आधारभूतविद्यालयलाई विद्युतीय शिक्षणमैत्रीबनाइने छ र हरेक विद्यालय सेवा क्षेत्रकाअभिभावकलाई विद्यालयहाता मै हरेक शनिवार वा सामुदायिकसिकाइ केन्द्रमानिशुल्क इन्टरनेट सेवादिइने छ जसले उनीहरु विदेशमा रहेका आफन्तसँग कुरा गर्न वाअन्नवालीको भाउबुझ्न सकुन् ।
– एक पालिका एक प्राविधिकशिक्षालयको अवधारणालाई आत्मसातगर्दै कृषि, मेकानिकल, सिभिल, इन्जिनीयरिङ जस्ता प्राविधिकविषयपूर्वाधारको विकास गरी सञ्चालनमाल्याइने छ ।
– यूवाहरुलाई विद्युतउपकरणको मर्मत तथा जडान सम्बन्धीतालिमदिइने छ ।
– विश्वविद्यालयबाट अनुमतिलिई पालिकामा स्नातकतह सञ्चालनगरिने छ ।
– एक वडा एक खेल मैदान र एक खेल प्रशिक्षककोअवधारणालाई प्रभावकारी रुपमालागूगरिने छ ।
-कमसे कम एक टोल एक धाराको व्यवस्था गरी सफा र शुद्ध खानेपानीको व्यवस्थापनगरिने छ ।
– सतप्रतिशत घरहरुमाबिजुलीपुग्ने गरी कामहरु अगाडि बढाइने छ र बिजुलीले जीवन सहजबनाउने उपकरणहरुमा सहुलियतदिइने छ ।
– विद्युतको उपयोगितालाई अझप्रभावकारी बनाउन घरेलु उर्जा बचाउने, उत्पादन बढाउने र खासगरी महिलाको कामबोझकमगर्ने सानाविद्युुत उपकरण खरिदमाअनुदानदिइने छ । विद्युतउपकरणको मर्मत तथा जडान सम्बन्धीतालिमपनिदिइने छ ।
– घरेलु उद्योगहरुलाई अझप्रभाकारी बनाउन सरल व्याजदरमाकर्जा दिने व्यवस्थापनगरिने छ । रोगलागेकालाई उपचारसँगसँगै रोगै लाग्ननदिने कुरामाजोड दिई स्वास्थ्यसेवा अगाडि बढाइने छ ।
-दीर्घ रोगीहरुलाईसुलभमूल्यमा सम्बन्धित वडाका स्वस्थ्यचौकीहरुबाट औषधीवितरण गर्ने कामको सुरुवातगरिने छ ।
– एम्बुलेन्स सञ्चालन सम्बन्धीनियमबनाई त्यसको परिचालनको जिम्मा स्वास्थ्यचौकीहरुलाई दिइने छ ।
– सुत्केरीहरुकालागि हरेक वडामा बर्थिङ सेन्टरको व्यवस्थागरिने छ र एम्बुलेन्स आवश्यक परेमाविशेष ध्यानदिइने छ ।
-केटाकेटीको पोषणमा ध्यानदिँदै हरेक घरमा करेसाबारी र घरबारी प्रवद्र्धन गरिने छ । यसलाई विद्यालयको सिकाइ र स्वास्थ्यशिक्षासँगएकीकरण गरिनेछ । मेरो कार्यक्रम र प्रतिबद्धता मनन गरी मेरो । चुनावमामतहालीआनो र सन्ततिको भविष्य सपार्नु हुने नै छ । सबै विचार पूरा गर्न नसकुँला तर म पूरा प्रयत्नगर्ने प्रतिज्ञा गर्दछु ।
धन्यवाद!
तपाईंहरुकै
माइकल राई
पालिकाअध्यक्षउम्मेदवार


