तरकारी सुपर जोन निर्माण गरिने ! एक घर एक रोजगारी दिईने

नारायण कुमार राई ,धनकुटा । नेकपा एमालेका तर्फबाट छथर जोरपाटी पालिकाका अध्यक्षका उमेद्वार शेरबहादुरले जनताहरुले आफूलाई बिजयी गराए पालिकामा तरकारी सुपर जोनको कार्यक्रम लागु गर्ने बताउनुभएको छ ।

शनिबार नेकपा एमाले छथर जोरपाटी गाउँ कमिटी वडा नं.२ ले सल्ले र सुरुङ्गीमा आयोजना गरेको चुनावी सभाहरुलाई सम्बोधन गर्दै लिम्बूले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

पालिका क्षेत्रमा हाल सञ्चालित तरकारी जोनको कार्यक्रमको अबधि पुरा हुन लागेकोले अब त्यसको बिकसित अर्को कार्यक्रम सुरपर जोन आवश्यक भएको बताउनु भयो ।

‘तरकारी जोनको अबधि सकिन लागेको छ, त्यसैले मलाई बिजयी गराउनुभयो भने सुपर जोन सञ्चालनमा ल्याउने घोषणा गर्दछु ।’–लिम्बूले बताउनु भयो ।

सुपर जोन सन्चालन अन्तर्गत पालिका क्षेत्रमा उत्पादित तरकारी तथा कृषि उपजमा आधारित उद्योग र कलकारखानाहरु स्थापना गरिनेछ । जसका कारण स्थानिय स्तरमा उत्पादित तरकारी तथा कृषि उपज यही खपत हुने र यूवाहरुले समेत रोजगारी पाउनेछन् ।

यो योजनालाई थप सफल पार्न निर्माणाधिन औधोगिक ग्राम स्थापना पुरा गरेर स्थानीय स्रोत साधनमा आधारित उद्योग सञ्चालन गरिनेछ । र पालिका क्षेत्रमा रहेको बाँझो रहेका खेती योग्य जमिनहरुलाई भूमी बैंकको रुपमा स्थापना गरी उक्त जमिनमा ठूलो मात्रामा व्यबसायीक कृषि तथा पशुपालन फर्महरु सन्चालन गरिनेछ ।

उक्त उद्योग तथा फर्महरुमा दैनिक ८ घण्टाका दरले काम गर्नेगरी एक घर एक रोजगार दिने लिम्बूले घोषणा गर्नुभयो ।

आफूले घोषणा गरेको यो योजना छिमेकी मूलुक चीनमा सफल रुपमा लागु भएकाले यहाँ पनि गर्न सकिने बताउनुभयो ।

त्यस्तै उप–प्रमुखका उमेद्वार गोमा कार्कीले पहिलो कार्यकालमा एमालेको नेतृत्वमा शुरु भई सन्चालनमा रहेका कामहरु पुरा गर्न आफू लगाएत सबै उमेद्धारलाई बिजयी गराउन आग्रह गनुभयो ।

एउटा पाटीले शुरु गरेको कार्यक्रम अर्को पाटीको सरकार आएमा त्यो पुरा नगर्ने नेपाली राजनैतिक परिपाटीको उदाहरुण दिंदै काकीले हिजोका योजना पुरा गर्न एमालेलाई बिजयी गराउनुको बिकल्प नरहेको बताउनुभयो ।

उमेद्वारहरुको कुराहरुको समर्थन गर्दै कार्यक्रममा उपस्थित नेताहरुले केपीओली नेतृत्वको सरकारले धनकुटाको लागि छुट्याएको १० अर्ब बजेटमा ६ अर्ब रकम गठबन्धनको सरकारले कटौती गरेकोे नजिर पेश गरेका थिए ।

सभामा नेकपा एमाले प्रदेश कमिटी सदस्य बलदिप राई,जिल्ला कमिटी तथा सचिवालय सदस्य भीमकला श्रेष्ठ, गाउँ कमिटी अध्यक्ष ईन्द्रसारु मगर र वडाका कार्यवाहक अध्यक्ष बाबुराम कार्कीले आफ्ना उमेद्वारहरुले गरेको प्रतिवद्धता पुरा गराउने जिम्मा पाटीका तर्फबाट आफूहरुले लिने बचन दिनुभयो ।

सभामा वडा अध्यक्षका उमेद्वार तारा राना मगर,खुल्ला रदस्यका उमेद्वारहरु बीरबहादुर सारु मगर र जीतबहादुर लिम्बू, महिला सदस्य जानुका कार्की,महिला दलित सददस्य जानुका नेपालीले सात सूर्य चिन्हमा सात छाप लगाएर आफूहरुलाई बिजयी गराउन आग्रह गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।