साँगुरीगढीमा गठबन्धन दलको चुनावी अभियान तिव्र
धनकुटा,१९ बैशाख । स्थानिय तह निर्वाचन नजिकिए संगै धनकुटाको साँगुरीगढी गाउँपालिकामा गठबन्धनमा आवद्धदलले चुनावी अभियानलाई तिव्र पारेका छन् ।
साँगुरीगढीको आहालेबाट अभियान सुरु गर्दै उनिहरुले यस पटकको निर्वाचनमा एमालेलेलाई दिदाँ जनतालाई धोका दिएकोले यस पटक जनता गठबन्धनको पक्षमा रहेको आफूहरुले पाएको गठबन्धनबाट अध्यक्ष पदका प्रत्यासी जितेन्द्र रुम्दाली राईले बताउनु भयो ।
एमाललेले गाउँपालिका जित्दा सुसासन र विकास दिन नसकेको भन्दै जनता आक्रोशित भएकोले यस पटक जनताले गठबन्धनका उम्मेदवारलाई भोट दिन आवश्यक रहेको गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार लिलाराज लावतीले बताउनु भयो ।
साँगुरीगढीमा यो पटक सशक्त गठबन्धनमा आवद्ध दल एमालेलाई जसरी पनि पराजित गर्ने भन्दै चुनावी मैदानमा अत्रिएका छन् । गठबन्धनका उम्मेदवार विजयी भए साँगुरीगढीलाई नमुना गाउँपालिका बनाउने र जनताले छिटै महसुश गर्ने विकास साँगुरीगढीमा हुने समेत उम्मेदवारहरुले बताएका छन् ।
उनिहरुले बालबालिका, यूवा, महिला, जेष्ठ नागरिक, दलित, जनजाति, पिछाडिएको बर्ग, मजदुर किसान सबैका मुद्धालाई समेटेर आफूहरु चुनावी मैदानमा रहेको समेत बताएका छन् ।
जनतासंग स्थानिय सरकार जोडिनु पर्ने भएकोले आफूहरुले जनताका गुनासा सुन्न पालिकामा टोल फ्रि नम्बर २४ घण्टा संचालन गर्ने समेत उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।


