पाख्रीबास नगरपालिकामा कुल १४१ उम्मेदवार मैदानमा ,कुन पदका लागि कति जना ?
धनकुटा । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकामा ५२ सीटको लागि १४१ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये नगरको वडा ९ बाट कांग्रेसबाट एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
नगर प्रमुख पदका लागि नेपाली कांग्रेस,नेकपा(एमाले),स्वतन्त्र,मंगोल नेशनल अर्गनाइजेशन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १-१ उम्मेदवार रहेका छन् भने उपप्रमुख पदका लागि नेकपा(एमाले),नेकपा(माओवादी केन्द्र),स्वतन्त्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १/१ रहेका छन् ।
वडा अध्यक्षमा नेपाली कांग्रेस र नेकपा(एमाले) बाट ९-९,जनता समाजवादी पार्टीका १,नेकपा(एस) का ३,राष्ट्रिय प्रजातन्त्र पार्टीका ६,नेकपा(माओवादी) का १,राष्ट्रिय प्रजातन्तिर पार्टी(नेपाल) का १, मंगेल नेशनल अर्गनाइजेशनका १ र स्वतन्त्र १ गरि ३२ जनाले प्रतिष्पर्धा गर्नेछन् ।
त्यसैगरि प्रत्येक पार्टीबाट खुला तर्फ २ वडा सदस्य निर्वाचित हुनु पर्नेमा १० वटै वडाबाट नेकपा(एमाले) बाट २० जना,नेपाली कांग्रेसबाट १८ जना,नेकपा(माओवादी केन्द्र) बाट २ जना,नेकपा(एकिकृत समाजवादी) का २ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ जनाले उम्मेदवारी दिएका छन् । वडा सदस्य (खुला) तर्फ २० सीटका लागि ४६ जनाले प्रतिष्पर्धा गर्दैछन् ।
महिला सदस्य तर्फ कुल १० सीटका लागि २३ जनाले प्रतिस्पर्धा गर्नेछन् । जसमा नेपाली कांग्रेसका ९,नेकपा(एमाले) का १०,जनता समाजवादी पार्टीका १,नेकपा(माओवादी केन्द्र) का १, नेकपा(एस) का १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जनाले उम्मेदवारी दिएका छन् ।
त्यसैगरि दलित महिला सदस्य तर्फ १० सीटका लागि नेपाली कांग्रेस र नेकपा(एमाले) बाट ९-९,जनता समाजवादी पार्टीका १,नेकपा(माओवादी केन्द्र) का १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जनाले उम्म्दवारी दिएका छन् भने वडा नं ९ बाट नेपाली कांग्रेसबाट डम्बर माया दर्जी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।


