चिन्तनलाई १३ सय घरधुरीको चिन्न्ता

नारायण कुमार राई/धनकुटा,२० बैसाख । धनकुटा नगरपालिकाका निवर्तमा मेयर तथा नेकपा एमालेका उमेद्वार चिन्तन तामाङ्गलाई यो बर्खामा नागरिकका फुस्को छानोबाट पानी चुहिएर भिजाउला की भन्ने पीर छ ।

आफ्ना कार्यकालमा १३ सय घरधुरीका लागि फुस्को छानो हटाएर टिनको छानो लगाउने काम आधा मात्र सकेकाले बाँकी काम अधुरो रहलाकी भन्ने उनलाई चिन्ता छ ।

नेकपा एमाले धनकुटा नगरपालिका वडा नं.५ ले सोमबार आयोजना गरेको घरदैलो कार्यक्रममा सन्चारकर्मीहरु र स्थानियबासीहरु संग उनले यस्तो कुरा राखेका हुन् ।

वर्तमान गठबन्धन सरकारले धनकुटाका लागि छुट्टिएका १० अर्ब बजेट मध्ये ६ अर्ब काटे झै यस नगरमा गठबन्धनले जिते ती गरिबका घरमा छाना नफेरीने होकी भनेर तामाङ्गले चिन्ता गरे ।

त्यसैले ती आर्थिक रुपले पछि परेका सबै घरधुरीमा टिनको छानो लगाउन र यूवाहरुलाई रोजगार दिन आफू पुनः मेयरको उमेद्वार भएको तामाङ्गले प्रष्ट पारे ।

‘तपाईहरुका अधुरो काम पुरा गर्न म फेरी आएको छु,मलाई बिजयी गराउनु होला’–कर्मिटारका एक घरमा भोट माग्दै तामाङ्गले भने ।

घरदैलो कार्यक्रममा तामाङले आफ्नो कार्यकालमा शुरु भएका शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि,सडक,पर्यटन,रोजगार लगाएतका कामहरु पुरा गर्दा र कुनै पनि काम गर्दा पहिला जस्तै जात,धर्म र राजनैतिक भेदभाव नगरी जनताका काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

घरदैलो कार्यक्रममा रहेका मेयरका उमेद्वार तामाङ,उपमेयर भीमादेवी खनाल,वडाअध्यक्ष कोमल राई लगाएतको टोलीलाई कर्मिटार पुगेर संघीय सांसद र एमालेका केन्द्रिय सदस्य राजेन्द्र राई र केन्द्रिय सदस्य सकुन्तला बस्नेतले खादा ओढाएर अभियानको शुभकामना दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।