गठबन्धनले जिते छथरजोरपाटीमा गर्भवती महिलालाई ९ हजार पोषण भत्ता
धनकुटा,२० बैशाख । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा गठबन्धनले जिते भ्रष्टचार रहित सेवाको प्रत्याभूति गराउने, पालिकामा बिशेष सेवा सहितको अस्पताल र वडामा स्वाथ्य प्रयोगशालाको निर्माण गर्ने प्रतिवद्धता जनाएको छ ।
त्यस्तै ९ महिना सम्म गर्भवती महिलालाई १ हजार रुपैयाका दरले प्रतिमहिना गर्भवती पोषण भत्ता उपलव्ध गराउने प्रतिवद्धता जनाएको छ । एम्बुलेस खरिद र प्रयोगमा पालिका बासीलाई बिशेष छुटको व्यवस्था गर्ने भएको छ ।
त्यस्तै स्थानिय धर्म संस्कृति,भाषा , परम्परा, रितीरिवाज, धार्मिक स्थल मठ, मन्दिर गुम्वा, माडमीम, चर्च आदिको संरक्षणर विकास गर्ने जनाएको छ । पालिका भित्रका कक्षा १ देखि ८ का विद्याथीहरुलाई निशूल्क शैक्षिक सामग्री उपलब्ध गराउने भएको छ ।
६० बर्ष माथिका किसानलाई परिचय पत्रको आधारमा दोहोरो सुविधा नहुने गरि मासिक १ हजार भत्ता दिने जनाएको छ । वडाको सेवालाई क्षेत्र निर्धारण गरि टोल टोलमा सेवा प्रदान गरिने गठबन्धनका अध्यक्ष पदका उम्मेदवार छत्र सुब्बाले बताउनु भयो ।
त्यस्तै तरकारी तथा दुग्ध जन्य बस्तुहको उत्पादनमा जोड दिदै निर्यातलाई प्रोत्साहन प्रत्येक कृषको आय आर्जन लाई बृद्धि गर्दै लैजाने समेत यहाँको भनाई थियो । गाउँपालिका बाट लिदै आउको कर घटाउन पहल गर्ने र गाउँ लाई बजार र शहर जोड्ने सडक निर्माण र स्तर उन्नतीको काम गर्ने समेत जनाईएको छ ।
त्यस्तै १२ महिना सडक संचालनका लागि ग्राभेल र कालो पत्रको काम लाई समेत प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । जेष्ठ नागरिक र अपागता भएका व्यातिmहरु लाई नि.शूल्क स्वाथ्य परिक्षण, औषधी वितरण तथा दिर्घ रोगिहरु लाई विशेष छुटको व्यावस्था गर्ने जनाएको छ ।
त्यस्तै पर्यटकीय क्षेत्रहरुको पहिचान र पहिचान भएका स्थानको स्तरउन्नती गर्ने समेत प्रतिवद्धता जनाएको छ । कृषक लाई कृषि सामग्री ढुवानीमा अनुदान, मलखाद विऊ विजन सहुलियत दरमा उपलब्ध गराउँने साथै कृषि पशु विमा नि. शुल्क गराउने भएको छ ।
दलित, अल्पसंख्यक विपन्न, सिमान्तकृत परिवारका सदस्य र एकल महिला र जेष्ठ नागरिक लाई निशुल्क स्वाथ्य विमा गर्ने साथै यूवा उद्यमशीलता लाई प्रोत्साहन गर्दै, यूवाहरुको आयआर्जनमा बृद्धि गर्दै स्वरोजगार उन्मुख बनाउन विशेष सरल सहुलियत कर्जाको व्यावस्था गर्ने प्रतिवद्धता जनाएको छ ।


