साप्तिङमा ७ नम्बरको घोषणा–पत्र सार्वजनिक
धनकुटा,२१ बैसाख । नेकपा एमाले शहिदभुमि गाउँपालिका वडा नं ७ ले वडाको बिकासका लागि आफ्नो उमेद्वारका तर्फबाट घोषणा पत्र सार्वजनिक गरेको छ ।
वडा पाटीको आयोजनामा आसन्न स्थानिय तहको निर्वाचनका लागि साप्टिङटारमा एक कार्यक्रम गरेर आफ्नो घोषणा पत्र सार्वजनिक गरेको सन्चारकर्मी मानबी मोक्तानले जानकारी दिनुभयो ।
वृहत् ¥यालीका आयोजना संगै वडाको विभिन्न ठाउँको परिक्रमा पछि भएको कोण सभामा गाउँपालिका अध्यक्ष उम्मेदवार मनोज राई , वडा अध्यक्ष उम्मेदवार बम बहादुर राई ,पाटीका जिल्ला सचिव तथा संसद निरन राई र प्रदेश सदस्य प्रकाश राईले संयुक्त रुपमा वडाको घोषणा पत्र सार्वजनिक गर्नु भएको थियो ।
घोषणा पत्र सार्वजनिक गर्दै जिल्ला सचिव राईले शहिदभुमिमा पाटीले गरेका काम र विकास कारण नेकपा एमाले पार्टीले चुनाव जितिसकेको बताउनुभयो । बैशाख ३० गते पछि अपबित्र गठबन्धनलाई परास्त गर्दै धनकुटा जिल्लामा एमालेले फेरी पनि क्लिन स्वीप गर्ने राईले दावी गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष उम्मेदवार मनोज राई , उपाध्यक्ष उम्मेदवार रत्नश्वरी राई, वडा अध्यक्ष उमेद्वार बमबहादुर राईले प्रतिवद्वता मन्तव्य राख्नु भएको थियो ।
घोषणा–पत्रमा सामुहिक कृषि प्रणालीको बिकास तथा अनुदान बितरण,बिद्यालय तथा अन्य संस्थाका भवन निर्माण,सडक सुधार,आवश्यक बिद्युत लाईन बिस्तार,महिला,दलित,जनजातिका क्षेत्रमा सचेतना कार्यक्रम, खानेपानी आपूर्ति तथा एक घर एक फिल्टर,बालबालिकाहरुलाई पोषण कार्यक्रम,अधुरो खेल मैदान पुरा गर्ने,यूवाहरुका लागि रोजगार सिर्जना गर्ने लगाएतका योजनाहरु रहेका छन् ।


