को हुन् धनकुटाको महालक्ष्मी नगरको मेयरमा उठेका एमाले उम्मेद्वार दीपक बुढाथोकी ?

धनकुटा । चालिसको दशकमा तत्कालिन सरकारविरुद्ध देशभर आवाज बुलन्द भइरहेको थियो । दलहरु खुल्ला राजनीतिमा आउन सकिरहेका थिएनन् । दलका प्रभावशाली नेताहरु जेलमा हुँदा गाउँ–गाउँबाट जनजागरण ल्याउन सबै दलका युवाहरु सक्रिय थिए । तिनै पंक्तिमा थिए धनकुटाको चानुवाका दीपक बुढाथोकी ।

धनकुटा शासकको शक्तिशाली अड्डा थियो । पञ्चायतको विरोध गर्नु चानचुने कुरै थिएन । रातिराति संगठन विस्तार गर्दै आफ्नो विचारमा सर्वसाधारालाई समाहित गर्न उनी छिमेकी गाउँ मारेककटहरे, डाडागाउँ लेगुवा लगायत क्षेत्रका टोलटोल पुग्थे । २०४२ सालमा विद्यालयमा १९ वर्षकै उमेरमा संगठनको नेतृत्व संहालेका उनी जिल्ला तहका नेताहरुको आँखामा परेका थिए । पञ्चायतका हस्ति एमव् तत्कालिन प्रधानमन्त्रीसमेत भइसकेका सुर्यबहादुर थापा जस्ता शक्तिशाली नेतालाई चुनावमा जितेर नाम कमाएका कम्युनिष्ट नेता गोपाल गुरागाईको नगरमा पनि उतिबेलै परिसकेका थिए ।

२०४६ सालको आन्दोलन सहरकेन्द्रित मात्र थिएन । गाउँबाट आन्दोलनको ज्वारभाटा उठिरहेको थियो । दीपक त्यहि आन्दोलनलाई जिल्लाको उत्तरी सीमानामा रहेको भोजपुर र संखुवासभा जोडिएको गाउँ चानुवाको नेतृत्वमा होमिए । गाउँ तहदेखि जिल्लासम्मको आन्दोलनको मोर्चा सम्हाले ।

लगातार दुइ पटक गाविस अध्यक्षमा निर्वाचित

जनआन्दोलन सफल भइ प्रजातन्त्र पुनस्र्थापना पश्चात भएको पहिलो निर्वाचनमा बुढाथोकीलाई तत्कालिन चानुवा गाउँ विकास समितिको नेतृत्वका लागि पार्टीले टीकट दिनेभयो । ‘२५ वर्षको उमेरमा सबैको मत जीत्नु सामान्य कुरा थिएन ।’ चालिसको दशक सम्झिंदै उनले भने ‘६ वर्षदेखि गाउँमा काम गरेको अनुभव थियो । मलाइ जनताले पत्याउनहुन्छ भन्ने दृढ विश्वास थियो ।’

प्रजातान्त्रिक शक्तिको बाहुल्य भएको ठाउँमा कम्युनिष्ट गढ बनाउनु सामान्य थिएन । उनले अथक प्रयास गरे । पार्टीले पत्यायो । नभन्दै उनी भारीमतले विजयी भए । युवाअवस्थामै गाविसको अध्यक्ष पदमा निर्वाचित उनलाई गलत काम गर्ने छुट थिएन । पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका उनलाई पार्टीले दोस्रो कार्यकालका लागि पनि सोहि पदमा टीकट दियो । उनले दोस्रो कार्यकाल पनि सहज रुपमै चुनाव जिते ।

दशवर्ष गाविसको नेतृत्व गर्दा उनले सीमित बजेटको भरमा जनताका आवश्यता परिपूर्ती गर्न चुनौती थियो । यद्धपी जनश्रमदानमा अधिक काम भए । अधिकांश कृषि पेशामा आवद्ध रहेका जनताका समस्या सम्बोधन गर्ने प्रयास गरे । सडक, विजुली र अत्यावश्यक पूर्वाधारको अभाव भएपनि त्यसका लागि स्रोत जुटाउन उनी लागिरहे । माओवादी द्वन्दमा गाउँ नछाडी निरन्तर जनताको काममा खटिरहँदा उनलाई माओवादीले अ’पहरण समेत गर्यो । पछि सम्मानजनक रुपमा घर फर्काइदियो ।

तेस्रो पटक जनअनुमोदका लागि चुनावमा

लामो समय स्थानीय तह जनप्रतिनिधिविहिन भयो । त्यो बेला स्वयमसेवी भावले निरन्तर जनताको काममा लागेका उनले ०७४ सालको निर्वाचनमा कार्यकर्ताबाट सिफारिस भएपनि चुनावमा टीकट पाउन सकेनन् । एमाले कार्यकर्ताको रुपमा इमान्दारपूर्वका जनताको काममा जुटिरहे । बैशाख ३० गते हुँन लागेको स्थानीय तह निर्वाचनका लागि उनलाई एमालेले टिकट दिएको छ । उनी महालक्ष्मीको मेयर पदमा मनोनयन दर्ता गराएर चुनावी अभियानमा केन्द्रित छन् ।

संविधान बनेपश्चात पहिलो कार्यकायलमा आएका जनप्रतिनिधिबाट स्थानीय तहमा कामको जग बसेको छ । दोस्रो कार्यकायलका लागि बुढाथोकीलाई पार्टीले विश्वासका साथ महालक्ष्मी नगरपालिकाको मेयरका लागि टीकट दिएको हो । स्थानीय तहको दुइ चुनावमा निर्वाचित उनी तेस्रो पटक जनअनुमोदनका लागि चुनावी मैदानमा छन् । महालक्ष्मी नगरपालिकाका घरघरका मतदातासामु पुगिरहेका छन् ।

गाउँ, इलाका, निर्वाचन क्षेत्र र जिल्ला हुँदै हाल नेकपा एमाले प्रदेश एक कमिटीको सदस्य रहेका बुढाथोकी पार्टीमा दृढ र सामाजिक निष्ठावान व्यक्तिका रुपमा परिचित छन् । ‘कठिन परिस्थितिमा पनि नडगमगाइ पार्टी र जनतासामु लगनशिल भएर काम गर्नु नै उनको विशेषता हो ।’ बुढाथोकीका राजनीतिक गुरुसमेत रहेका कम्यूनिष्ट नेता गोपाल गुरागाई भन्छन् –‘वहाँलाई युवाअवस्थादेखि चिन्छु । यो पटक पुनः जनताले जीताउनेछन् भन्नेमा ढुक्क छु ।’

‘जनतालाई अनुभूत हुने काम गर्छु’

महालक्ष्मी नगरपालिकाको मेयर पदका लागि एमालेबाट टिकट पाएका बुढाथोकीले अघिल्लो कार्यकालमा थालिएका काम सम्पन्न गर्दै जनताले प्रत्यक्ष अनुभूत गर्ने काममा लाग्ने बताएका छन् । ‘मसँग दुइ कार्यकाल जनप्रतिनिधि भएर काम गरेको अनुभव छ । जनताको आवश्यकता र अवस्थाप्रति जानकार छु,’ उनले भने, ‘म जनतालाई पुरा नहुने सपना देखाउँदिन । नेकपा एमालेको इमान्दार कार्यकर्ता भएको नाताले सर्वसाधारणको जिवनस्तर उकास्ने काममा मेरो ध्यान हुनेछ ।’

महालक्ष्मीको मेयरका लागि एमाले उम्मेद्वार बुढाथोकीसँग सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका ध्रुवराज राय चुनावी प्रतिष्प्रधामा छन् । राय महालक्ष्मी–२ को वडाध्यक्ष पदबाट राजिनामा दिएर मेयर बन्ने दौडमा बुढाथोकीसँग प्रतिष्प्रधामा उत्रिएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।