साँगुरीगढी गाउँपालिमामा गठबन्धन दलको तर्फबाट अध्यक्षका उम्मेद्धवार राई को हुन् ?
धनकुटा,२१ बैशाख । यही ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनका लागि धनकुटाको साँगुरीगढी गाउँपालिमामा गठबन्धन दलको तर्फबाट अध्यक्षमा उम्मेद्धवार रहनु भएका जितेन्द्र रुम्दाली राईको यस्तो छ राजनैनिक तथा सामाजिक यात्रा –
राजनैतिक जीबन २०५४ सालबाट नेपाल विद्यार्थी संघ महेन्द्र क्याम्पस धरान बाट सूरु गर्नु भएको हो । २०५५ स्ववियु निर्वाचनमा सक्रिय भुमिका निर्वाह गर्नु भएका राई २०६४ सालमा नेपाली कांग्रेस क्रियाशिल सदस्य हुनु भएको हो ।
नेपाली कांग्रेसको १२ औ महाधिवेशनबाट गाविसको सचिव निर्वाचित तथा क्षेत्रिय प्रतिनिधि हुदै क्षेत्रिय कार्य समिति १ सचिवमा निर्वाचित हुनु भएको हो ।
१३ औं महाधिवेशनमा क्षेत्रिय सभापति निर्वाचित हुनु भएका उहाँ १४ औं महाधिवेशनबाट धनकुटा प्रदेश सभा क को क्षेत्रिय कार्यसमिति सभापतिमा निर्वाचित हुनु भएको हो ।
राजनिती संगै सामाजिक क्षेत्रमा २०६४– अध्यक्ष – पाथिभरा क्लब भेडेटार ६ वर्ष कार्यकाल, रेडक्रस सोसाइटी भेडेटार शाखा सचिव, २०६५ – प्रथम भेडेटार महोत्सव गर्न ठुलो योगदान, २०६९ – संस्थापक सचिव होटल एसोसियसन हाल होटल एसोसियसन भेडेटारका अध्यक्ष रहनु भएको छ ।
राई नेपाली कांग्रेस भित्र मात्र नभई अन्य पाटीहरुले समेत भरोसा गरेको नेता हुनु हुन्छ । विकास प्रेमी नेताको रुपमा समेत उहाँ चिनिनु हुन्छ ।


