सहिदभुमि १ मा चुनावी प्रचारप्रसार तथा घोषणा पत्र सार्वजनिक कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटाको सहिदभुमि गाउंपालिका वडा नं १ मा चुनावी प्रचारप्रसार तथा घोषणा पत्र सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।
एमाले वडा कमिटी सहिदभुमि वडा १ को आयोजनामा चुनाव प्रचारप्रसार सहित वडा नं को चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।
सार्वजनिक घोषणा पत्रमा २०७४ सालको स्थानीय तहको निर्वाचन पश्चात् स्थानीय तह सरकारले विस्तार गरेको विभिन्न सडकहरु स्त्तरोन्नति र सडक सम्बन्धि भावी योजना , शिक्षा ,स्वास्थ्य ,पर्यटन पुर्बधार बिकास , खेलकुद ,खानेपानी , कृषि ,विधुत वनक्षेत्रको संरक्षण सम्वर्द्वन लगायतका कुराहरु मुख्य बुदामा समेटिएको छ ।
एक घर एक धारा , एक परिवार एक व्यवसाय गर्न प्रोत्साहन , कृषकलाई व्यवसाय मुल्यांकन गरी अनुदान दिन पहल , पुङठुङ झर्ना, झ्यालढुँगा गुफा प्रवर्दन , स्थानीय जातीय परम्परा संरक्षण ,ढोल नाच कृतन नाच प्रवर्दन , आदर्श माबिमा प्राबिधिक शिक्षा वन विज्ञान विषयको प्राबिधिक शिक्षा सञ्चालन , विपन्न विघार्थिहरुलाई प्राबिधिक शिक्षा अन्तरगतको सव ओभरसियर अध्ययन गर्नका लागि विशेष छात्रवृत्तिको व्यवस्था लगायतका कुरालाई घोषणा पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला कमिटी सचिव तथा प्रदेश संसद निरन राईले देश भर दिनदिनै एमाले पार्टी प्रति जनलहर बढिरहेकाले फेरि पनि यो देशको शक्तिशाली पार्टीको रुपमा एमाले पार्टी स्थापित हुदै एमाले पार्टीको सरकार बन्ने बताउनु भयो ।
त्यस्तै गरि उहाले सहिदभुमि वडा नं १ मा २०७४ साल निर्वाचनमा अध्यक्ष गुमाए पछि काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले वडाकार्यलय समेत सहि ठाउँमा स्थापना गर्न नसकेकाले अबको निर्वाचन पछि एमाले पार्टीबाट निर्वाचित वडा अध्यक्षले वडा नं १ को सम्पूर्ण जनाताले चाहेको ठाउँमा जनताको माग अनुसार वडा कार्लय स्थापना गर्ने बताउनु भयो ।
गाउपालिका अध्यक्ष उम्मेदवार मनोज राईले जनताको मतलाई सम्मान गर्दै सबै जनतालाई न्यायिक रुपमा सेवा सुबिधा उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
उपाध्यक्ष उम्मेदवार रत्नश्वरी राई , वडा अध्यक्ष उम्मेदवार बलरामले पनि पार्टीको नीति र सिद्धान्त अनुसार काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।


