नेकपा एमाले सहिदभुमि गाउँपालिका ५ नं वडा कमिटीद्वारा २५ जना राजबन्दीहरुलाई सम्मान

धनकुटा । नेकपा एमाले सहिदभुमि गाउँपालिका ५ नं वडा कमिटी खोकुले २५ जना राजबन्दीहरुलाई सम्मान गरेको छ ।

आउने बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचारप्रसार तथा घरदैलो अभियानको क्रममा ८ वर्ष देखि ३ वर्ष सम्म २०३६ सालको किसान आन्दोलनको क्रममा राजबन्दि परेका २५ जनालाई सम्मानपत्र र खदाले सम्मान गरेको हो ।

कार्यक्रममा वडा नं ५ का प्रत्यासी वडाका उम्मेदवारहरुको परिचय सहित वडा अध्यक्ष उम्मेदवार बालचन्द्र राईले आफ्नो प्रतिवद्वता मनतव्य राख्नुभएको थियो ।

त्यस्तै गरि पार्टीका जिल्ला ईन्चार्ज तथा संघीय संसद राजेन्द्र राई , पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश संसद ईन्द्रमणी पराजुली, पार्टीका जिल्ला सचिव तथा संसद निरन राईले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरेका काम तथा विकासका कारण एमालेको जनलहर बढिरहेको बताउनु हुदै यस हिसाबले पनि धनकुटामा गठबन्धनलाई परास्त गर्दै एमालेको जित सुनिश्चित भईसकेको बताउनुभयो ।

वर्तमान वडा अध्यक्ष मल्सुराम राईले पनि कार्यक्रममा बोल्नु हुदै खोकुमा विकास गर्न सफल भएको दाबी गर्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖