पाख्रीवास नगरमा संयुक्त लोकतान्त्रिक गठबन्धन दलहरुको चुनावी घरदैलो अभियान

धनकुटा । सरकारले तोकेको मिति अनुसार स्थानिय तहको निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिरहदा राजनीतिक दलहरुले चुनावी कार्यक्रम निरन्तरता दिईरहेका छन् ।

यस्तै क्रममा संयुक्त लोकतान्त्रिक गठबन्धनका दलहरुले धनकुटाको पाख्रीवास नगरमा घरदैलो अभियान सञ्चालन गरेका छन् । अभियानको क्रममा गठबन्धनका उम्मेद्धार तथा नेताहरुले पाख्रीवासको समृद्धी र विकासका लागि आफुहरुलाई मतदान गर्न आम मतदाता समक्ष आह्वान गरेका छन् ।

गठबन्धनको तर्फबाट पाख्रीवास नगरपालिकाका मेयर पदका उम्मेदवार ज्ञान वहादुर गुरुङ,उपमेयरका उम्मेदवार ओम प्रकाश निरौला, वडा नं ४ वडाध्यक्षका उम्मेदवार सन्तोष मानन्धर ,महिला सदस्यका उम्मेदवार सुष्मा गुरुङ लगायतले पाख्रिवासको विकास र समृद्धीका लागि स्थानिय तह निर्वाचनमा आफुहरुलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरे ।

घरदैलो कार्यक्रम पछि पाख्रीवास बजारमा भएको कार्यक्रममा परिर्वतनको पक्षधर पाख्रीवासको सयौं बजार वासीहरुले सहभागिता जनाएको नोपली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले बताउनुभयो । उहाँले यस पटकको निर्वाचनमा पाख्रीवास नगरमा गठबन्धनको जित सुनिश्चित भएको समेत उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस पाख्रीवास नगरका सभापती प्रेम भण्डारीको संयोजत्वमा सम्पन्न भएका कार्यक्रममा पार्टीका ४ नं का वडा सभापती श्याम प्रकाश राई,तरुण दल पाख्रीवासका अध्यक्ष रवी राई,तरुण डिफ्रेन्स फोर्सका अध्यक्ष बिमल गुरुङ,ज्योती गुरुङ,जुवु गुरुङ लगायतले समेत गठबन्धनका उम्मेदवारहरु भोट दिएर विजयी गराउन अनुरोध गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।