धनकुटाको हिलेमा संयुक्त गठबन्धनको चुनावी अभियान तिव्र
धनकुटा । धनकुटा नगरपालिकाको वडा नं. १ हिलेमा घर दैलो तथा कोण सभा गर्दै चुनावी अभियानलाई तिव्र बनाएको छ ।
धनकुटाको हिलेबजार हुदै सिजाली,मगर टोल ,राना टोल र राई टोल सम्म घर दैलो गरी चुनावी सभा लोकतान्त्रिक गठबन्धनले गरेको थियो ।
कार्यक्रममा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार तथा नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले हिलेको परिर्वतनको लागी गठबन्धनलाई भोट दिन आग्रह गर्दै पाच बर्ष भित्र हिलेको समग्र विकास गरेर देखाउने वताउनु भयो ।
यसैगरी उपमेयरका उम्मेदवार गणेश विष्टले हिलेको खानेपानी समस्या समाधान गर्ने र सवै युवाहरुलाई रोजगार तथा स्वरोजगार बनाउनका लागी लोकतान्त्रिक गण्बन्धनलाई जिताउन आग्रह गर्नु भयो ।
नेपाली कांग्रेस धनकुटाका सचिव तथा धनकुटा नगरका संयोजक विजय सन्तोषी राईले युवाले रोजेको,माटोले मागेको र धनकुटा नगरपालिकाले चाहेको मेयरमा दिनेश राई,उपमेयरमा गणेश विष्ट र वडा नं. १ का वडाध्यक्षमा अमित लो तामागको टीमलाई भोट दिएर जिताउन अपिल गर्नु भयो ।
नेपाली कांग्रेस वडा नं. १ का सभापति तथा निर्वाचन परिचालन समितिका संयोजक विर वहादुर तामागको अध्यक्षमा भएको चुनावी कार्यक्रममा नेकपा एकिृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राई,राप्रपा नेपालका केन्द्रिय उपाध्यक्ष लाक्पा तामाग,धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्षका उम्मेदवार अमित लो तामाग,वरिष्ठ समाजसेवी चन्द्र विष्ट लगायतका नेता तथा उम्मेदवारहरुले विगतमा हिलेको समग्र विकास नभएकोले हिलेको विकासका लागी लोकतान्त्रिक गठबन्धन लाई भोट दिएर जिताउन आग्रह गर्नु भयो ।
सो अवसरमा वडा सदस्यहरुका उम्मेदवारहरु मनकला लिम्बु,चम्पा विक,लिला मगर,खगेन्द्र विष्ट समेतले भोट लिएर जिताउन आग्रह गर्नु भयो । सो अवसरमा गठबन्धनका हजारौ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


