नेकपा एमाले पाख्रीवासद्वारा नगरमा गरिबी निवारणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता
धनकुटा । नेकपा एमालेले पाख्रीवास नगरमा गरिबी निवारणका लागि विशेष कार्यक्रम सञ्चालन गर्र्ने प्रतिवद्धता जनाएको छ । स्थानिय तह निर्वाचन नजिकिदै गर्दा एमालेले घोषाणा पत्र मार्फत यस्तो प्रतिवद्धता जनाएको हो ।
शून्य गरिवी शहरको अवधारणा अनुरुप गरिव परिवार पहिचान गरि यो कार्यक्रम सञ्चालन गरिने घोषणा पत्रमा उल्लेख छ । नयाँ नीति,कानुन निर्माण तथा योजना गर्जुमा एवम् कार्यन्वयन अन्र्तगत यो कार्यक्रम सञ्चालन गरिने स्पष्ट पारिएको छ ।
त्यस्तैगरि नगर भू-उपयोग सम्बन्धि दीर्घकालिन योजना र रणनीति तर्जुमा गरि कार्यत्रवयन गरिने,सडकको मापदण्ड निर्धारण गरि हरेक वस्तिलाई सडक पहुँच भित्र राख्ने नीति अबलम्बन गर्ने,नगर प्रोफाईल अद्यावधिक गरि वडा स्तरिय प्रोफाईल निर्माण गरिने,वडाको आवश्यक्ता सम्बोधन गर्ने नीति तर्जुमा गरि कार्यन्वयन गरिने,उपभोक्ता हित संरक्षण तथा खाद्यवस्तुको गुणस्तर सुनिश्चितता सम्बन्धि, नीति अबलम्बन गरिने दिगो विकास लक्ष कार्यन्वयनको कार्यविधि निर्माण गरि कार्यन्वन गरिने लगायतका प्रतिवद्धता जनाइृएको छ ।
शिक्षा तर्फ प्रारम्भिक वालविकास केन्द्रलाई वालमैत्री र प्रविधियुक्त बनाउदै सबै वालविकास केन्द्रमा ईन्टरनेटको सुविधि उपलब्ध गराईने,बाल विकास केन्द्र तथा विद्यालयहरुमा भयरहित शिक्षण सिकाई अवलम्बन गरिने,बाल विकास केन्द्रलाई मण्टेश्वरी विधिबाट सञ्चालन गरिने, आधारभूत शिक्षामा सर्ब वालवालिकाको पहुँच सुनिश्चित गरि सामुदायिक विद्यालयहरुमा कक्षा छोड्ने दरलाई शून्यमा झारिने, संविधानमा उल्लेख भए अनुसार आधारभुत तहको शिक्षा नि शूल्क र अनिवार्य तथा माद्यमिक तहको शिक्षा नि शूल्क गर्दै लगिने, बहुप्राविधिक शिक्षालयको स्थापना गरि आवासीय रुपमा सञ्चालन गरिने, प्रत्येक मावि मा कम्तिमा एउटा प्राविधिक धारको विषयमा कक्षा सञ्चालन गरिने सहितका २८ वटा प्रतिवद्धता जनाईएको छ ।
त्यस्तैगरि स्वास्थ्य तर्फ पाख्रवास अस्पताललाई विशेषज्ञ सहितको २५ शैया सहितको अस्पताल पूर्ण रुपमा सञ्चालन गरि मध्यम स्तरका शल्यक्रियाको सेवा उपलब्ध गराईने, पाख्रीवास अस्पतालमा नि शूल्क डायलासिस सेवा उपलब्ध गराउन पहल गरिने, स्वास्थ्य विमा कार्यक्रमलाई सबै नगरवासीको पहुँचमा पुर्याउने, प्रत्येक नगर स्वास्थ्य केन्द्रलाई आधारभुत स्वास्थ्य केन्द्रमा विकसित गरिने, प्रत्येक स्वास्थ्य केन्द्रमा महिनामा कम्तिमा १ पटक विशेषज्ञ सेवा उपलब्ध गराईने लगायतका १७ वुँदे प्रतिद्धता जनाईएको छ ।
खानेपानी तथा ढल निकास तर्फ नगरपालिका क्षेत्रमा एक घर एक धाराको अवधारण अनुरुप स्वच्छ खानेपानी सेवा उपलव्ध गराईने, सार्वजनिक स्थलहरुमा स्वच्छ पिउने पानीको व्यवस्था गरिने, नगर क्षेत्रका पानीको श्रोत सैरक्षण गरिने,नगरको दीर्घकालिन खानेपानी आपुर्तिका लागि भुल्केबाट राम्चे परियोजना अघि बढाईने, मुख्य बजार क्षेत्रमा ढल निकासको उचित प्रवन्ध गरिने घोषण पत्रमा उल्लेख छ ।
त्यस्तैगरि फोहोमैला व्यवस्थापन तर्फ बजा क्षेत्रको फोहर व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल साईटलाई थप व्यवस्थित गरिने, तोकिएको मापदण्ड भन्दा बाहेकका प्लाष्टिक झोला प्रयोग निषेध गरिने,फुलवारी सहितको एक घर एक करेसावारी नीति अबलम्बन गरिने उल्लेख छ ।


