धनकुटाको पाख्रीवासमा लडेर एक व्यक्तिको मृ’त्यु
धनकुटा । धनकुटाको पाख्रीवासमा आज एक व्यक्तिको लडेर मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा जिल्लाको महालक्ष्मी नगरपालिका ७ का बर्ष ४५ का दिल बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
पाख्रीवास नगरपालिका २ सान्ने मालवासेका झमक बहादुर सार्कीको घरमा हिजो पाहुना आईएर बस्नुभएका दिल बहादुर बाटोमा हिड्ने क्रममा अचानक लडेर मृ त्यु भएको प्रहरीले बताएको छ ।
शव कानुनी प्रकृया पूरा गरी पोष्ट मार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याईएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।


