धनकुटामा जबरजस्ती क’रणीको आरोपमा मादेन पक्राउ
धनकुटा । एक महिलालाई जबरजस्ति करणी गर्ने प्रयास गरेको आरोपमा धनकुटाको महालक्ष्मी नगरपालिका ८ का भिम बहादुर मादेनलाई प्रहरीले पक्राउ गरेको छ ।
५६ वर्ष की एक महिलालाई जबरजस्ति करणी गर्न खोजेको आरोपमा मादेन पक्राउ परेका हुन् ।
उनले वैशाख २० गते ती महिलालाई जर्वजस्ति गर्ने प्रयास गरेको भनि हिजो प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
सोही उजुरीको आधारमा मादेनलाई पक्राउ गरि जवरजस्ती करणी उद्योगको कसुरमा मुद्दा दर्ता गरी आज जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि थुनामा राखिएका प्रहरीले जनाएको छ ।


