आठपहरियाहरुलाई ऋण मुक्त गराई बन्धकी जमिन फिर्ता गरिदिने

नारायण कुमार राई/धनकुटा, २५ बैशाख । नेकपा एमालेको तर्फबाट धनकुटाको नगरपालिकाको मेयरका उम्मेद्वार चिन्तन तामाङले आठपहरिया जातिहरुले बन्धक(दृष्टिबन्धक) राखेको जमिन फिर्ता गर्ने घोषणा गरेका छन् ।

आईतबार धनकुटा बजारमा चुनावी अभियान गरेर भोट माग्ने क्रममा तामाङले आफूले चुनाव जितेमा आठपहरीया जातिहरुले बिभिन्न समयमा ब्यक्तिहरु संग पूर्जा राखेर लिएको ऋण तिरिदिएर लालपूर्जा उनीहरुको हातमा फर्काईदिने जानकारी दिएका छन् ।

यस अधि मेयर रहेकै बेला एक कार्यक्रमका समयमा उक्त घोषणा गरेका तामाङले उक्त कुरालाई आफ्नो चुनावी घोषणामा समेत समावेश गरेका छन् ।

‘आठपहरिया समुदायको दृष्बिन्धक हटाउन जमिन फुकुवा गराई भूस्वामित्वको संरक्षण गर्न ठोस योजना सहित कार्य गरिनेछ ।’–घोषणा–पत्रमा उल्लेख छ ।

‘हो,यो घोषणा मैले अहिले चुनावमा मात्र हैन,म मेयर भएको समयमा बनाएको योजना अनुसार आठपहरिया जातिको बन्धकी जमिन फिर्ता गर्ने योजना हो ।’–तामाङले भने ।

धनकुटा नगरपालिकामा मात्र पाईने भनिएको आठपहरिया जातिका नगरको वडा नं.८ मा मात्र एक सय घरपरिवारको जमिन दृष्टिबन्धकका रुपमा अरुका घरमा लालपूर्जा रहेको एमालेका तर्फबाट वडा अध्यक्षको उमेद्वार रहेको रसबहादुर राईले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।