पाख्रीबास नगरपालिका वडा नं ९ बाट महिला वडा अध्यक्षमा उम्मेदवारी दिएका आले को हुन् ?
धनकुटा । धनकुटाको ६० वटा वडा मध्ये पाख्रीबास नगरपालिका वडा नं ९ बाट महिला वडा अध्यक्षको उम्मेदवारी परेको छ । ९ नं वडामा नेकपा एमालेको तर्फबाट सम्झना आले अध्यक्षको उम्मेदवार बनेकी हुन ।
क्याम्पस पढ्दा पढ्दै अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेकी आले यस अगाडि सोही वडाबाट महिला सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन ।
उनी ५ वर्ष सम्म नगरकार्यपालिका सदस्य भएर काम गरी रहदा थुप्रै अनुभव हासिल गर्न सफल भएको र अबको दिनमा महिला पनि कार्यकारी प्रमुख पदमा आएर काम गर्न सक्छ भन्ने सन्देश दिनको लागि पनि आफ्नो अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभयो ।
जिल्लामा एकमात्र प्रमुख पदमा महिला उम्मेदवार बन्नु मेरा लागि जनताको हितमा पुरुष सरह काम गरेर देखाउने अवसर मिलेको सुनाउनु भयो । नेतृत्व गर्ने अवसर पाए जितेमा पाख्रीबास नगरपालिकाको ९ नं वडालाई जिल्लाकै नमुना वडा बनाउने योजना रहेको बताउनु भयो ।
नेकपा एमाले पार्टीबाट महिलाको वडा अध्यक्ष पदमा उम्मेदवारी परेपछि अहिलेसम्म वडा नं ९ मा महिला मात्र नभई पुरुष पनि खुसी रहेकाे साेहि वडा जिल्ला कमिटी सदस्य मालाती मोक्तानले बताउनुभयो ।
एमाले पार्टी प्रति ९ नम्बर बासी जनताको माया र विस्वासको कारण दिनदिनै जनलहर बढिरहेको र आलेको टिम सहित सिंगो पाख्रीबास नगरपालिकाको जित सुनिश्चित भईसकेको जानकारी दिनुभयो । साथै हामीले यस अघि कार्यपालिका सदस्य भएर काम गरि सकेको र शिक्षित , अनुभवी र स्पष्ट वक्ता महिलालाई वडा अध्यक्ष बनाउन पाउदा पार्टीको गरिमामय र ऐतिहासिक निर्णय समेत भएको माेक्तानले बताउनुभयो ।


