पाख्रीबासमा एमालेको शक्ति प्रदर्शन (तस्बिरहरु)

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा रहेको नेकपा एमालेले आज पाख्रीबास बजारमा स्थानिय तह सदस्य निर्वाचन २०७९ को अन्तिम आमसभा गरिरहेको छ ।

नगरमा नगरप्रमुखका उम्मेदवार भीम बहादुर राई र उपमेयर उम्मेदवार नम्रता गौतम (देउजा) सहित १० वटै वडाका वडाध्यक्ष सहित सिंगै एमालेलाई जिताउन वक्ताहरुले आग्रह गरे ।

सभामा प्रमुख अतिथिका रुपमा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज राजेन्द्र गौतम,संघिय सांसद,केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र कुमार राई लगायत प्रदेश सांसद तथा जिल्ला अध्यक्ष ईन्द्रमणि पराजुली लगायतकाले सम्बोधन गर्नेछन् ।

एमाले पाख्रीबास नगर कमिटी अध्यक्ष शान्तिराम गौतमको अध्यक्षतामा भइरहेको सभामा नगरप्रमुख बृख बहादुरले स्वागत मन्तब्य राख्नु भएको थियो ।

एमाले सधै विकासको पक्षमा ः अध्यक्ष ओली
दमक, २७वैशाख ९रासस ० ःनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै विकासको पक्षमा रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा देशको विकास नेकपा एमालेले मात्रै गरेको उहाँको दाबी थियो ।

अन्य दलहरु विकासमा पछि रहेको र आफनो पार्टीे विकासको पक्षमा लागेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “जनताले विकास र समृद्धि गर्ने पार्टी एमालेलाई फेरि पनि मत दिए विकास अझै अघि बढ्नेछ ।”

गठबन्धन स्वार्थका लागि भएको उहाँको भनाइ थियो । एमाले सबै किसिमका गठबन्धन र षडयन्त्रविरुद्ध लड्न सक्षम भएको उहाँको दाबी थियो । दमकको पशुहाटमा आयोजित नगरस्तरीय आमसभालाई सम्बोधनका क्रममा उहाँले यहाँको पुल पुलेसा, बाटो घाटो लगायतका विकासमा एमालेको नेतृत्व रहेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖