पाख्रीबास ९ मा कांग्रेसबाट वडा अध्यक्षका प्रत्यासीलाई किन गरियो बहिस्कार ?
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ मा काङ्ग्रेसका वडा अध्यक्ष उम्मेदवार धनबहादुर मोक्तानलाई भोट नलगाउने भनी सम्पुर्ण वडाबासीले बहिष्कार गरेका छन् ।
पाख्रीबास नगरपालिका वडा नं वडा कमिटी अखिल नेपाल महिला संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भोट समेत नलगाउने गरि घोषणा गरेको हो ।
नेकपा एमाले पार्टीबाट बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि पाख्रीबास वडा नं ९ मा वडा अध्यक्ष उम्मेदवार भएकी सम्झना आलेलाई सोही वडामा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्ष उम्मेदवार बनेका धनबहादुर मोक्तान र जिल्ला सचिव जयन्द्र घिसिङले चारित्रिक ह’त्या
हुने किसिमले सिंगो महिलाहरुको अपमान हुने गरि झुट्टो, अनर्गल आरोप प्रत्येक टोल भेला तथा वडा भेला हरुमा सार्बजनिज रुपमा नै गर्दै हिडेको पाईएकोले आगामी निर्वाचनमा भाेट समेत नदिने गरि बहिष्कार गरेको अखिल नेपाल महिला संघ वडा नं ९ वडा कमिटी पाख्रीबास द्वारा
जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साथै संघका वडा कमिटी अध्यक्ष दिल कुमारी माेक्तानले काङ्ग्रेसका जिल्ला सचिव जयन्द्र घिसिङलाई पनि कार्वाही गर्नुपर्ने ९ नम्बर वडाबासी महिलाहरुको माग रहेको बताउनु भयो ।



