धनकुटा नगरपालिकामा एमालेको सुरुवाती अग्रता

धनकुटा । हिजो सम्पन्न स्थानिय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जस अन्तर्गत धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको सुरुवाती मत परिणाम सार्वजनिक गरिएको छ ।

४०० मत गनिसक्दा नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन तामांगले २०७ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनबाट कांग्रेसका दिनेश राईले १६९ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपप्रमुख पदमा गठबन्धनबाट नेकपा माओवादीका गणेश बिष्टले १७० मत ल्याएर सुरुवाती अग्रता लिएका छन् भने एमालेका भिमादेवी खनाल(शान्ता) ले १६५ मत प्राप्त गरेका छन् ।

नगरको वडा नं १ वडा अध्यक्षमा एमालेका वांग्दा तामांगले ८५ र कांग्रेसका अमित लो ले ९१ मत प्राप्त गरेका छन् भने वडा नं २ वडा अध्यक्षमा एमालेका चन्द्रलाल तामांगले ९३ र कांग्रेसका राज कुमार राईले ७८ मत प्राप्त गरेका छन् ।

राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता
चितवन, ३१ वैशाख /चितवनकाे राप्ती नगरपालिका-६ को ५५० मत गणना गर्दा मेयर र उपमेयरमा एमालेले अग्रता लिएकाे छ ।

मेयरमा

गोविन्दप्रसाद कँडेल (सूर्य): २७४
शमशेर लामा (कलम): २००
मनोज अधिकारी(हलो) : ३
बिक्रमी महतो( चङ्गा): ५
कुशल पाठक (कम्युटर): २
बदर-६३

उपमेयरमा

मेनुका पाठक (सूर्य): २९४
देवेन्द्र लामा(रुख): १८७
जितबहादुर विक (चङ्गा ): ३
बदर: ६१

वडा अध्यक्षमा
जल्लु महतो (सुर्य): ३२५
बिक्रम चौधरी(रुख): १६७
शुक्रराज चौधरी(कलम): १३

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।