धनकुटाको चौबिसे गाउँपालिका अध्यक्षमा गठबन्धनका मगरको अग्रता
धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिकाको प्रारम्भिक मतगंणनाको परिणाम सार्बजनिक भएको छ ।
परिणाम अनुसार पालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले २५३ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका छन् भने नेकपा एमालेका राजकुमार लिम्बुले २१३ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बुले २२८ र एमालेका टंकमाया पांग्मीले २३६ मत प्राप्त गरेका छन् ।
धनकुटा नगरपालिकामा एमालेको सुरुवाती अग्रता
धनकुटा । हिजो सम्पन्न स्थानिय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जस अन्तर्गत धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको सुरुवाती मत परिणाम सार्वजनिक गरिएको छ ।
४०० मत गनिसक्दा नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन लाल तामांगले २०७ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनबाट कांग्रेसका दिनेश राईले १६९ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपप्रमुख पदमा गठबन्धनबाट नेकपा माओवादीका गणेश बिष्टले १७० मत ल्याएर सुरुवाती अग्रता लिएका छन् भने एमालेका भिमादेवी खनाल(शान्ता) ले १६५ मत प्राप्त गरेका छन् ।
नगरको वडा नं १ वडा अध्यक्षमा मा एमालेका वांग्दा तामांगले ८५ र कांग्रेसका अमित लो ले ९१ मत प्राप्त गरेका छन् भने वडा नं २ वडा अध्यक्षमा एमालेका चन्द्रलाल तामांगले ९३ र कांग्रेसका राज कुमार राईले ७८ मत प्राप्त गरेका छन् ।


