जन्मदिनमा पाख्रिबासका बिद्यार्थी र बिद्यालयलाई सहयोग
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका ५ स्थित श्री ग्रामिण सामाजिक माध्यमिक बिद्यालयका बिद्यार्थी र बिद्यालयलाई जन्मदिनको अवसरमा सहयोग प्रदान गरिएको छ ।

हाल अमेरिकाको टेक्सस अष्टिनमा रहंदै आउनु भएका अनु भट्टराई र विनोद थापाका छोरा अभिक थापाको जन्म दिनको अवसरमा उक्त सहयोग प्रदान गरिएको हो ।
उक्त माबिको विशेष कक्षामा अध्यनरत १० जना बिद्यार्थीलाई बिद्यालय पोशाकको रुपमा १० थान निलो स्वीटर,खानेकुरा साथै बिद्यालयको उचित ब्यवस्थापनको लागि नगद रु दश हजार प्रदान गरिएको हो ।
उक्त सहयोग सामाग्री बिद्यार्थी र नगद रकम बिद्यालयका प्रधान अध्यापक कुमार बहादुर बिश्वकर्मालाई हजुरबुबा गोपाल भट्टराई,हजुरआमा दुर्गादेवी कार्की र ठुली आमा सरु भट्टराई मार्फत अभिकको सुस्वास्थ्यको कामना गर्दै प्रदान गरिएको हो ।


