चौबिसे गाउँपालिका अपडेट : अध्यक्षमा गठबन्धन र उपाध्यक्षमा एमालेको अग्रता कायमै
धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिकामा ७०० मत गनिसक्दा १७ मतले गठबन्धनको अग्रता कायमै छ ।
परिणाम अनुसार पालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले ३३४ मत प्राप्त गर्दै १७ मतान्तरले अग्रता लिएका छन् भने नेकपा एमालेका राजकुमार लिम्बुले ३१७ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बुले २९८ र एमालेका टंकमाया पांग्मीले ३४९ मत प्राप्त गरेका छन् ।
जन्मदिनमा पाख्रिबासका बिद्यार्थी र बिद्यालयलाई सहयोग
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका ५ स्थित श्री ग्रामिण सामाजिक माध्यमिक बिद्यालयका बिद्यार्थी र बिद्यालयलाई जन्मदिनको अवसरमा सहयोग प्रदान गरिएको छ ।
हाल अमेरिकाको टेक्सस अष्टिनमा रहंदै आउनु भएका अनु भट्टराई र विनोद थापाका छोरा अभिक थापाको जन्म दिनको अवसरमा उक्त सहयोग प्रदान गरिएको हो ।
उक्त माबिको विशेष कक्षामा अध्यनरत १० जना बिद्यार्थीलाई बिद्यालय पोशाकको रुपमा १० थान निलो स्वीटर,खानेकुरा साथै बिद्यालयको उचित ब्यवस्थापनको लागि नगद रु दश हजार प्रदान गरिएको हो ।
उक्त सहयोग सामाग्री बिद्यार्थी र नगद रकम बिद्यालयका प्रधान अध्यापक कुमार बहादुर बिश्वकर्मालाई हजुरबुबा गोपाल भट्टराई,हजुरआमा दुर्गादेवी कार्की र ठुली आमा सरु भट्टराई मार्फत अभिकको सुस्वास्थ्यको कामना गर्दै प्रदान गरिएको हो ।


