मोरङको लेटाङ नगरपालिकामा एमालेको अग्रता
मोरङ । मोरङको लेटाङ नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । १ सय मत गन्दा प्रमुखका उम्मेदवारमा एमालेका भुपेन्द्र लावतीले ५४ मत पाएका छन् । काँग्रेसका ज्ञानेन्द्र ढकालले ३६ मत पाएका छन् ।
यस्तै उपमेयर तर्फ पनि एमालेले अग्रता लिएको छ । एमालेकी कृष्णकुमारी पोखरेलले ५७ मत र माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले २६ मत पाएका छन् ।
ललितपुरको गोदावरी नगरपालिकामा पनि गठबन्धन अगाडि
ललितपुर, ३१ वैशाख/ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी कांग्रेसको गठबन्धन अघि देखिएको छ । गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत ल्याएका छन् भने उपमेयरकी उम्मेदवार मुनाअधिकारीले ६ सय २६ मत प्राप्त गरेकी छिन् ।
एमालेका उम्मेदवार गम्भीर रानाले ४ सय ५३ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले ४ सय ५२ मत पाएकी छिन् ।
एमालेका वडाध्यक्ष उम्मेदवारले भने ४ सय ५३ मत पाएका छन् । गोदावरी नगरको १ नम्बर वडा गोदामचौरबाट मतगणना सुरु भएको अधिकृत रिजालले बताइन् ।


