धनकुटा नगरपालिका अपडेट : प्रमुख-उपप्रमुखमा एमालेको अग्रता कायमै

धनकुटा । हिजो सम्पन्न स्थानिय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जस अन्तर्गत धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम ११:३० मा सार्वजनिक गरिएको छ ।

८०० मत गनिसक्दा नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन तामांगले ४२६ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनबाट कांग्रेसका दिनेश राईले ३१३ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपप्रमुख पदमा एमालेका भिमादेवी खनाल(शान्ता) ले ३३५ मत प्राप्त गरेर अग्रता लिएका छन् भने गठबन्धनबाट नेकपा माओवादीका गणेश बिष्टले ३१६ मत ल्याएका छन् ।

नगरको वडा नं १ वडा अध्यक्षमा एमालेका वांग्दा तामांगले १८६ र कांग्रेसका अमित लो ले १७४ मत प्राप्त गरेका छन् भने वडा नं २ वडा अध्यक्षमा एमालेका चन्द्रलाल तामांगले १९० र कांग्रेसका राज कुमार राईले १४६ मत प्राप्त गरेका छन् ।

बारेकोट-९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी
जारकोट, ३१ वैशाख /जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर शाही विजयी भएका छन् ।शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ३७७ मत ल्याएर शाही निर्वाचित भएका हुन् ।

उननका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कर्ण महतारा २६२ मत पाएर पराजित भए ।

ललितपुरको गोदावरी नगरपालिकामा पनि गठबन्धन अगाडि
ललितपुर, ३१ वैशाख/ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी कांग्रेसको गठबन्धन अघि देखिएको छ । गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत ल्याएका छन् भने उपमेयरकी उम्मेदवार मुनाअधिकारीले ६ सय २६ मत प्राप्त गरेकी छिन् ।

एमालेका उम्मेदवार गम्भीर रानाले ४ सय ५३ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले ४ सय ५२ मत पाएकी छिन् ।
एमालेका वडाध्यक्ष उम्मेदवारले भने ४ सय ५३ मत पाएका छन् । गोदावरी नगरको १ नम्बर वडा गोदामचौरबाट मतगणना सुरु भएको अधिकृत रिजालले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।