चौबिसे गाउँपालिका वडा १ अध्यक्षमा गठबन्धनबाट कांग्रेसका श्रेष्ठ बिजयी
धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिपक कुमार श्रेष्ठले ५२७ मत ल्याउंदै निकटतम प्रतिद्वन्दी नेकपा एमालेका श्री कृष्ण श्रेष्ठलाई पराजित गरेका छन् । एमालेका श्रेष्ठले ४८६ मत प्राप्त गरेका छन् ।
त्यसैगरि पछिल्लो परिणाम अनुसार पालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले ५०८ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने नेकपा एमालेका राजकुमार लिम्बुले ४६४ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बुले ४५४ र एमालेका टंकमाया पांग्मीले ५०९ मत प्राप्त गरेका छन् ।
तनहुँको भिमादमा एमालेको अग्रता
तनहुँ, ३१ वैशाख/भिमाद नगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । एक हजार ३५५ मत गन्दा मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेद्वारको अग्रता छ । एमालेका मेयरका उम्मेद्वार दधिराज सुवेदीले ६६९ मत पाएका छन् । उपेमयरमा शारदा खनालले ६४१ मत पाएकी छन् ।
गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार एकिकृत समाजवादी पार्टीका काजीमान श्रेष्ठले ४५१ र उपमेयरका उम्मेद्वार नेपाली कांग्रेसका मिलन आलेले ५६३ मत पाएका छन् ।


