धनकुटा नगरपालिका अपडेट : प्रमुखमा तामांगले बढायो अग्रता,उपप्रमुखमा एमालेको अग्रता कायमै
धनकुटा । हिजो सम्पन्न स्थानिय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जस अन्तर्गत धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम दिउंसो ३: ३० मा सार्वजनिक गरिएको छ ।
१३१४ मत गनिसक्दा नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन तामांगले ७२१ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनबाट कांग्रेसका दिनेश राईले ४७८ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपप्रमुख पदमा एमालेका भिमादेवी खनाल(शान्ता) ले ५४४ मत प्राप्त गरेर गरेका छन् ।गठबन्धनबाट नेकपा माओवादीका गणेश बहादुर बिष्टले बिष्टले ५२८ मत ल्याएका छन् ।
नगरको वडा नं १ वडा अध्यक्षमा एमालेका वांग्दा तामांगले ३१४ र कांग्रेसका अमित लो ले २८१ मत प्राप्त गरेका छन् भने वडा नं २ वडा अध्यक्षमा एमालेका चन्द्रलाल तामांगले २८३ र कांग्रेसका राज कुमार राईले २२४ मत प्राप्त गरेका छन् ।
चौबिसे गाउँपालिका अपडेट : अध्यक्ष-उपाध्यक्ष दुबै पदमा एमालेले लियो अग्रता
धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिका अध्यक्ष-उपाध्यक्ष दुबै पदमा नेकपा एमालेले अग्रता लिएको छ ।
परिणाम अनुसार पालिका अध्यक्ष पदमा नेकपा एमालेका राजकुमार लिम्बुले ७४५ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले ७०३ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपाध्यक्ष पदमा एमालेका टंकमाया पांग्मीले ८३१ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बुले ५९७ मत प्राप्त गरेका छन् ।
यसअघि नै वडा नं १ अध्यक्षमा नेपाली कांग्रेसका दिपक कुमार श्रेष्ठले ५२७ मत ल्याउंदै विजयी हासिल गरि सकेका छन् । अहिले वडा नं २ को मतगणना जारी छ ,जस अनुसार वडा अध्यक्षमा नेकपा एमालेका एनोज तुम्साले २८७ र गठबन्धनबाट नेकपा(माओवादी केन्द्र) का ममिन्द्र कुमार लिम्बुले १९२ मत प्राप्त गरेका छन् ।


