विवादका कारण स्थगित भएको शहिदभूमी ६ थलथलेको मतदान पुन: जेठ २ मा हुने
धनकुटा,३१ बैशाख । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न ६ का ३ वटा मतदान केन्द्रमा बैशाख ३० गते स्थगित भएको मतदान जेठ २ गते हुने भएको छ ।
विवादका कारण स्थगित भएको मतदान पुन मतदान हुने भएको निर्वाचन अधिकृतको कार्यलय शहिदभूमी धनकुटाले जनाएको छ । मतदान जेठ २ गते विहान ७ बजे देखि वेलुका ५ बजे सम्म थलथलेको ठाकुरदेबि मावि क, ख र ग केन्द्रमा संचालन हुने समेत कार्यलयले जनाएको छ ।

चौबिसे गाउँपालिका अपडेट : अध्यक्ष-उपाध्यक्ष दुबै पदमा एमालेले लियो अग्रता
धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिका अध्यक्ष-उपाध्यक्ष दुबै पदमा नेकपा एमालेले अग्रता लिएको छ ।
परिणाम अनुसार पालिका अध्यक्ष पदमा नेकपा एमालेका राजकुमार लिम्बुले ७४५ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले ७०३ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपाध्यक्ष पदमा एमालेका टंकमाया पांग्मीले ८३१ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बुले ५९७ मत प्राप्त गरेका छन् ।
यसअघि नै वडा नं १ अध्यक्षमा नेपाली कांग्रेसका दिपक कुमार श्रेष्ठले ५२७ मत ल्याउंदै विजयी हासिल गरि सकेका छन् । अहिले वडा नं २ को मतगणना जारी छ ,जस अनुसार वडा अध्यक्षमा नेकपा एमालेका एनोज तुम्साले २८७ र गठबन्धनबाट नेकपा(माओवादी केन्द्र) का ममिन्द्र कुमार लिम्बुले १९२ मत प्राप्त गरेका छन् ।


