पाख्रिबास नगरपालिका अपडेट : ४५० मत गणना गरिंदा गठबन्धनको अग्रता कायमै
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा करिब दिनको १२ बजेबाट मतगणना सुरु भएको थियो । गणना नगरको वडा नं १ बाट सुरु गरिएको छ ।
अन्तिम पल्ट सार्बजनिक गरिएको मत परिणाम अनुसार ४५० मत गणना गरिंदा नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर गुरुंगले २६३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका भिम बहादुर राईले १७१ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्घनबाट नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौलाले २१६ मत प्राप्त गरेका छन् भने एमालेका नम्रता देउजाले १८२ मत प्राप्त गरेका छन् ।
त्यसैगरि वडा नं १ मा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भोगेन्द्र पाण्डेले २७९मत प्राप्त गरेका छन् भने नेकपा(एमाले) का दुर्गा बहादुर थापाले १५० मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका डम्बर कुमारी अधिकारीले २३६,एमालेका तारा कार्की(बानिया) ले १६४ मत प्राप्त गरेका छन् भने दलित महिला सदस्य तर्फ गठबन्धन नेकाका कोपिला सार्कीले २४६ र एमालेका धन माया सार्कीले १७१ मत प्राप्त गरेकी छन् ।
खुला सदस्य १ मा गठबन्धन नेकाले २४६,एमालेले १६१ र सदस्य २ तर्फ नेकाले २५८ र एमालेले १६१ मत प्राप्त गरेका छन् ।
नगरमा १७ हजार ८७ कुल मतदाता मध्ये ५ हजार ५ सय ९ पुरुष र ५ हजार ७ सय ८५ महिला गरी कुल ११ हजार २ सय ९४ जनाले मतदान गरेका थिए । १० वटै वडा गरि कुल मतदाताको ६६.१० प्रतिशत मत खसेको थियो ।
सांगुरीगढी गाउंपालिका अध्यक्ष-उपाध्यक्ष दुबैमा एमालेको अग्रता
धनकुटा । धनकुटाको सांगुरीगढी गाउंपालिकामा मत गणना जारी छ । प्राप्त मत परिणाम अनुसार गापा अध्यक्षमा नेकपा एमालेका कुमार जंग याखाले ७८५ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका जितेन्द्र राईले ५७६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेका मुना राईले ७८५ मत प्राप्त गरेका भने गठबन्घनबाट नेकपा(माओवादी केन्द्र) का प्रेम खड्काले १०७ मत प्राप्त गरेका छन् ।
त्यसागरि वडा नं १ मा एमालेका गोबिन्द लिम्बुले ३८४ र गठबन्धनबाट नेकपा(एकिकृत समाजवादी) का गजेन्द्र लिम्बुले ३०३ मत प्राप्त गरेका छन् भने वडा नं १० मा एमालेका एक बहादुर राईले ४१६ र नेपाली कांग्रेसका राजु राईले २७८ मत प्राप्त गरेका छन् ।


