धनकुटा नगरपालिका अपडेट : प्रमुख -उपप्रमुखमा एमालेको अग्रता कायमै
धनकुटा । हिजो सम्पन्न स्थानिय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जस अन्तर्गत धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ ।
जस अनुसार नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन तामांगले ९३० मतका साथ अग्रता लिएका छन् भने गठबन्धनबाट कांग्रेसका दिनेश राईले ६३० मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपप्रमुख पदमा एमालेका भिमादेवी खनाल(शान्ता) ले ७०० मत प्राप्त गरेर गरेका छन् भने गठबन्धनबाट नेकपा माओवादीका गणेश बहादुर बिष्टले बिष्टले ६८८ मत ल्याएका छन् ।
नगरको वडा नं १ वडा अध्यक्षमा एमालेका वांग्दा तामांगले ४१५ र कांग्रेसका अमित लो ले ३४६ मत प्राप्त गरेका छन् भने वडा नं २ वडा अध्यक्षमा एमालेका चन्द्रलाल तामांगले ३५५ र कांग्रेसका राज कुमार राईले ३१७ मत प्राप्त गरेका छन् ।
चौबिसे गाउँपालिका अपडेट : अध्यक्ष-उपाध्यक्ष दुबैमा एमालेको अग्रता कायमै
धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिका अध्यक्ष-उपाध्यक्ष दुबै पदमा नेकपा एमालेले अग्रता लिएको छ ।
पछिल्लो मत परिणाम अनुसार पालिका अध्यक्ष पदमा नेकपा एमालेका राजकुमार लिम्बुले १,११९ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले ९८४ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपाध्यक्ष पदमा एमालेका टंकमाया पांग्मीले १,१०२ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बुले ८१० मत प्राप्त गरेका छन् ।
यसअघि नै वडा नं १ अध्यक्षमा नेपाली कांग्रेसका दिपक कुमार श्रेष्ठले ५२७ मत ल्याउंदै विजयी हासिल गरि सकेका छन् । अहिले वडा नं २ र ३ को मतगणना जारी छ ,जस अनुसार वडा अध्यक्षमा नेकपा एमालेका एनोज तुम्साले ४८६ र गठबन्धनबाट नेकपा(माओवादी केन्द्र) का ममिन्द्र कुमार लिम्बुले ३१८ मत प्राप्त गरेका छन् ।
वडा नं ३ अध्यक्षमा नेकपा(एमाले) का मदन तुम्साले २१९ र गठबन्धनबाट नेकपा(माओवादी केन्द्र) का गणेश बहादुर लिम्बुले १४८ मत प्राप्त गरेका छन् ।
सांगुरीगढी गाउंपालिका अध्यक्ष-उपाध्यक्ष दुबैमा एमालेको अग्रता
धनकुटा । धनकुटाको सांगुरीगढी गाउंपालिकामा मत गणना जारी छ । प्राप्त मत परिणाम अनुसार गापा अध्यक्षमा नेकपा एमालेका कुमार जंग याखाले ७८५ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका जितेन्द्र राईले ५७६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेका मुना राईले ७८५ मत प्राप्त गरेका भने गठबन्घनबाट नेकपा(माओवादी केन्द्र) का प्रेम खड्काले १०७ मत प्राप्त गरेका छन् ।
त्यसागरि वडा नं १ मा एमालेका गोबिन्द लिम्बुले ३८४ र गठबन्धनबाट नेकपा(एकिकृत समाजवादी) का गजेन्द्र लिम्बुले ३०३ मत प्राप्त गरेका छन् भने वडा नं १० मा एमालेका एक बहादुर राईले ४१६ र नेपाली कांग्रेसका राजु राईले २७८ मत प्राप्त गरेका छन् ।


