सांगुरीगढी गाउंपालिकाको वडा नं १ र १० मा एमालेको प्यानलै बिजयी
धनकुटा । धनकुटाको सांगुरीगढी गाउंपालिकाको वडा नं १ र १० को अन्तिम मत परिणाम सार्बजनिक गरिएको छ ।
अन्तिम मत परिणाम अनुसार गापाको वडा नं. १ को वडाध्यक्षमा एमालेका गोविन्द लिम्बुले ५ सय २७ मत प्राप्त गर्दै विजयी भएका छन् । वहांका निकटम प्रतिद्वन्दी एकीकृत समाजबादीका जोगेन्द्र लिम्बुलाई ९३ मतले पराजित गरेका छन् । लिम्बुले ३ सय ५७ मत प्राप्त गरे ।
त्यस्तै सदस्य तर्फ एमालेकै उम्मेदवारहरु निर्मला दर्जी,आरानमाया लिम्बु ,नन्दलाल तामाङ र इन्दिरा सुब्बा याखा विजयी भएका छन् ।
त्यस्तै वडा नं १० मा एमालेकै एकबहादुर राईले ५ सय २७ मत हासिल गरिदै विजय भएका छन ।वहांका निकटम प्रतिद्वन्दी कांग्रेशका राजु राईले ३ सय ४५ मत प्राप्त गरे । त्यस्तै सदस्य तर्फ एमालेकै उम्मेदवारहरु बच्चे सार्की,पृतिमाया राई, राजकुमार राई, र दिपक राई विजयी भएका छन् ।


