पाख्रिबास नगरपालिकामा गठबन्धनको बिजयी जुलुश

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाको बजार क्षेत्रमा नपाकौ वडा १ मा गठबन्धनको प्यानल नै बिजयी भएपछि बिजयी जुलुश निकालेका छन् ।

वडा नं १ मा गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भोगैन्द्र पाण्डे सहित प्यानलै बिजयी भएका हुन् ।

अन्तिम सार्बजनिक गरिएको मत परिणाम अनुसार वडा नं १ मा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भोगेन्द्र पाण्डेले ४२३ मत प्राप्त गर्दै बिजयी बनेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का दुर्गा बहादुर थापाले २७९ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका डम्बर कुमारी अधिकारीले ३९० मत प्राप्त गर्दै बिजयी भएका छन् भने वहांका निकटकम प्रतिद्वन्दी एमालेका तारा कार्की(बानिया) ले ३०५ मत प्राप्त गरेका छन् !

दलित महिला सदस्य तर्फ गठबन्धन नेकाका कोपिला सार्कीले ३९९ नत प्राप्त गर्दै विजयी भएका छन् भने एमालेका धन माया सार्कीले २९८ मत प्राप्त गरेकी छन् ।

खुला सदस्य १ मा गठबन्धन नेकाले ३९४ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने निकटतम प्रतिद्वन्दी एमालेले ३०४ मत र सदस्य २ तर्फ नेकाले ३१९ र एमालेले २९९ मत प्राप्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।