पाख्रिबास नगरपालिका वडा ४ र ५ को मतगणना जारी,गठबन्धनको अग्रता
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं ४ र ५ को मतगणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार वडा नं ४ अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मानन्धरले ४६० मत ल्याउंदै अग्रता लिएका छन् भने नेकपा(एमाले) का गोपाल भट्टराईले २०२ मत प्राप्त गरेका छन् ।
यसैगरि वडा नं ५ मा अध्यक्षमा नेपाली कांग्रेसका महेश राईले ५०० मतका साथ अग्रता लिएका छन् भने नेकपा एमालेका डिल्ली कुमार भण्डारीले २०० मत ल्याएका छन् ।
यस अघि वडा १,२ र ३ को अन्तिम मत परिणाम सार्बजनिक भइसकेको छ ।
वडा नं १ मा गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भोगैन्द्र पाण्डे सहित प्यानलै बिजयी भएका छन् ।
अन्तिम सार्बजनिक गरिएको मत परिणाम अनुसार वडा नं १ मा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भोगेन्द्र पाण्डेले ४२३ मत प्राप्त गर्दै बिजयी बनेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का दुर्गा बहादुर थापाले २७९ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका डम्बर कुमारी अधिकारीले ३९० मत प्राप्त गर्दै बिजयी भएका छन् भने वहांका निकटकम प्रतिद्वन्दी एमालेका तारा कार्की(बानिया) ले ३०५ मत प्राप्त गरेका छन् !
दलित महिला सदस्य तर्फ गठबन्धन नेकाका कोपिला सार्कीले ३९९ नत प्राप्त गर्दै विजयी भएका छन् भने एमालेका धन माया सार्कीले २९८ मत प्राप्त गरेकी छन् ।
खुला सदस्य १ मा गठबन्धन नेकाले ३९४ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने निकटतम प्रतिद्वन्दी एमालेले ३०४ मत र सदस्य २ तर्फ नेकाले ३१९ र एमालेले २९९ मत प्राप्त गरेका छन् ।
वडा नं २ मा वडा अध्यक्षमा एमालेका चुडामणि पुलामीले ७७० मत ल्याएर विजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका धन बहादुर लुंगेली मगरले ५९६ मत प्राप्त गरेका छन् ।
त्यसैगरि महिला सदस्य तर्फ एमालेका देवकी आलेले ७८३ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेका का टीका मगरले ५३९ मत प्राप्त गरेका छन् । दलित महिला सदस्य तर्फ एमालेका बिष्णु माया बिश्वकर्माले ७८३ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकाका धनमाया सार्कीले ५७१ मत प्राप्त गरेका छन् ।
खुला सदस्य तर्फ एमालेका उम्मेदवारहरु निम बहादुर तामांग र रेवतराज गुर्मछान बिजयी भएका छन् ।
त्यसैगरि वडा नं ३ का अध्यक्षमा एमालेका सरोज राई बिजयी भएका छन् । राईले ५७४ मत प्राप्त गरेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण बहादुर कटुवालले ५६४ मत प्राप्त गरेका छन् ।
महिला सदस्य तर्फ एमालेका यशोदा तामांगले ५७० मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका धन माया राईले ५५१ मत प्राप्त गरेका छन् । दलित महिला सदस्यमा एमालेका निर्मला बिश्वकर्माले ५५९ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका लक्ष्मी दर्जीले ५४५ मत ल्याएका छन् ।
त्यसैगरि खुला सदस्य तर्फ एमालेका चन्द्र बहादुर आले मगर र सीतादेवी बस्नेत बिजयी भएका छन् ।


