धनकुटा नगरपालिका अपडेट : प्रमुख -उपप्रमुखमा एमालेको अग्रता कायमै
धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ ।
जस अनुसार ४,६०९ मत गनि सक्दा नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन तामांगले २,४६७ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनबाट कांग्रेसका दिनेश राईले २,७०५ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपप्रमुख पदमा एमालेका भिमादेवी खनाल(शान्ता) ले १,८९९ मत प्राप्त गरेर गरेका छन् भने गठबन्धनबाट नेकपा माओवादीका गणेश बहादुर बिष्टले बिष्टले १,६९८ मत ल्याएका छन् ।
नगरको वडा नं १ वडा अध्यक्षमा एमालेका वांग्दा तामांगले २,४५९ मत र कांग्रेसका अमित लो ले ९७२ मत प्राप्त गरेका छन् भने वडा नं २ वडा अध्यक्षमा एमालेका चन्द्रलाल तामांगले ९०३ मत प्राप्त गर्दै प्यानलै विजयी बनेका छन् । वहांका निकटतम प्रतिद्वन्दी कांग्रेसका राज कुमार राईले ७०३ मत प्राप्त गरेका छन् ।
त्यसैगरि वडा नं ३ नेकपा एमालेले ८६ र नेकाका उम्मेदवारले १०६ मत र जनता समाजवादी पार्टीले २ मत प्राप्त गरेका छन् ।मत गणना जारी छ ।
पाख्रिबास नगरपालिका वडा २ र ३ मा अध्यक्ष सहित एमालेको प्यानलै बिजयी
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं २ र ३ मा वडा नेकपा(एमाले) बाट वडा अध्यक्ष सहित प्यानलै बिजयी भएका छन् ।
अन्तिम सार्बजनिक गरिएको मत परिणाम अनुसार वडा नं २ मा वडा अध्यक्षमा एमालेका चुडामणि पुलामीले ७७० मत ल्याएर विजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका धन बहादुर लुंगेली मगरले ५९६ मत प्राप्त गरेका छन् ।
त्यसैगरि महिला सदस्य तर्फ एमालेका देवकी आलेले ७८३ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेका का टीका मगरले ५३९ मत प्राप्त गरेका छन् । दलित महिला सदस्य तर्फ एमालेका बिष्णु माया बिश्वकर्माले ७८३ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकाका धनमाया सार्कीले ५७१ मत प्राप्त गरेका छन् ।
खुला सदस्य तर्फ एमालेका उम्मेदवारहरु निम बहादुर तामांग र रेवतराज गुर्मछान बिजयी भएका छन् ।
त्यसैगरि वडा नं ३ का अध्यक्षमा एमालेका सरोज राई बिजयी भएका छन् । राईले ५७४ मत प्राप्त गरेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण बहादुर कटुवालले ५६४ मत प्राप्त गरेका छन् ।
महिला सदस्य तर्फ एमालेका यशोदा तामांगले ५७० मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका धन माया राईले ५५१ मत प्राप्त गरेका छन् । दलित महिला सदस्यमा एमालेका निर्मला बिश्वकर्माले ५५९ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका लक्ष्मी दर्जीले ५४५ मत ल्याएका छन् ।
त्यसैगरि खुला सदस्य तर्फ एमालेका चन्द्र बहादुर आले मगर र सीतादेवी बस्नेत बिजयी भएका छन् ।


