भोलि मतदान हुने धनकुटाका ३ मतदान केन्द्रमा सुरक्षा व्यवस्था मजबुत
धनकुटा,१ जेठ । बैशाख ३० गते स्थगित भएको भएको शहिदभूमी गाउँपालिकाको वडा न ६ का ३ वटा मतदान केन्द्रमा सुरक्षा व्यावस्था मजबुत बनाएको जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यलयले बैशाख ३० गते स्थगित भएको मतदान जेठ २ गते गर्ने निर्णय गरे संगै सुरक्षाका लागि नेपाल प्रहरी, सशत्र प्रहरी र बाहिरी सुरक्षाका लागि नेपाली सेना समेत लाई परिचालन गर्ने गरि सुरक्षा ब्यावस्था मिलाईएको जिल्ला प्रसाशन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिनु भयो ।
बैशाख ३० गते करिब १९ प्रतिशत मतदान भई सके पछि राजनैतीकदलका कार्यकर्ता विच विवाद कारण स्थगित भएको मतदान पुन भोली हुन लागेको हो । मतदान जेठ २ गते विहान ७ बजे देखि वेलुका ५ बजे सम्म थलथलेको ठाकुरदेबि मावि क, ख र ग केन्द्रमा संचालन हुने निर्वाचन अधिकृतको कार्यलय शहिदभूमीले जनाएको छ ।
इलामको चुलाचुली गाउँपालिका १ मा लिम्बुवान विजयी
इलाम । इलामको चुलाचुलीमा ठूला दलहरूलाई पाखा लगाउँदै लिम्बुवानका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान र एकिकृत समाजवादी पार्टीको गठबन्धनले चुनाव जितेको हो । उनीहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको खुकुरी चुनाव चिन्ह लिएर उम्मेदवार भएका थिए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पुर्ण लावती वडाध्यक्षमा निर्वाचित भएका छन् । लावतीले ८५३ मत पाएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका मोती फागोले ५२७ मत प्राप्त गरेका छन् ।
लावतीले यसअघि पनि सोही पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । खुल्ला सदस्यमा समरध्वज तामाङ्ग र लाल बहादुर चाम्लिङ राई विजयी भएका छन् । महिला सदस्यमा राम कुमारी राई र दलित महिला सदस्यमा जानुकादेवी विश्वकर्माले मत पाएका छन् ।


