पाख्रिबास नगरपालिका अपडेट : गठबन्धनको अग्रता कायमै

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका प्रमुख-उपप्रमुख पदमा पछिल्लो परिणाम अनुसार गठबन्धनकै उम्मेदवारहरुले अग्रता लिएका छन् ।

अन्तिम पल्ट सार्बजनिक गरिएको मत परिणाम अनुसार नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर गुरुंगले २,८९३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका भिम बहादुर राईले २,२२५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्घनबाट नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौलाले २,५५९ मत प्राप्त गरेका छन् भने एमालेका नम्रता देउजाले २,३३८ मत प्राप्त गरेका छन् ।

वडाहरुमा १,२,३ को अन्तिम नतिजा सार्बजनिक भइसकेको छ । जस अनुसार वडा नं १ मा गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र पाण्डे सहित प्यानलै बिजयी भएका छन् ।

मत परिणाम अनुसार वडा नं १ मा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका पाण्डेले ४२३ मत प्राप्त गर्दै बिजयी बनेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का दुर्गा बहादुर थापाले २७९ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका डम्बर कुमारी अधिकारीले ३९० मत प्राप्त गर्दै बिजयी भएका छन् भने वहांका निकटकम प्रतिद्वन्दी एमालेका तारा कार्की(बानिया) ले ३०५ मत प्राप्त गरेका छन् !

दलित महिला सदस्य तर्फ गठबन्धन नेकाका कोपिला सार्कीले ३९९ नत प्राप्त गर्दै विजयी भएका छन् भने एमालेका धन माया सार्कीले २९८ मत प्राप्त गरेकी छन् ।

खुला सदस्य १ मा गठबन्धन नेकाले ३९४ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने निकटतम प्रतिद्वन्दी एमालेले ३०४ मत र सदस्य २ तर्फ नेकाले ३१९ र एमालेले २९९ मत प्राप्त गरेका छन् ।

वडा नं २ र ३ मा वडा नेकपा(एमाले) बाट वडा अध्यक्ष सहित प्यानलै बिजयी भएका छन् ।

वडा नं २ मा वडा अध्यक्षमा एमालेका चुडामणि पुलामीले ७७० मत ल्याएर विजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका धन बहादुर लुंगेली मगरले ५९६ मत प्राप्त गरेका छन् ।

त्यसैगरि महिला सदस्य तर्फ एमालेका देवकी आलेले ७८३ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेका का टीका मगरले ५३९ मत प्राप्त गरेका छन् । दलित महिला सदस्य तर्फ एमालेका बिष्णु माया बिश्वकर्माले ७८३ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकाका धनमाया सार्कीले ५७१ मत प्राप्त गरेका छन् ।

खुला सदस्य तर्फ एमालेका उम्मेदवारहरु निम बहादुर तामांग र रेवतराज गुर्मछान बिजयी भएका छन् ।

त्यसैगरि वडा नं ३ का अध्यक्षमा एमालेका सरोज राई बिजयी भएका छन् । राईले ५७४ मत प्राप्त गरेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण बहादुर कटुवालले ५६४ मत प्राप्त गरेका छन् ।

महिला सदस्य तर्फ एमालेका यशोदा तामांगले ५७० मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका धन माया राईले ५५१ मत प्राप्त गरेका छन् । दलित महिला सदस्यमा एमालेका निर्मला बिश्वकर्माले ५५९ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका लक्ष्मी दर्जीले ५४५ मत ल्याएका छन् ।

त्यसैगरि खुला सदस्य तर्फ एमालेका चन्द्र बहादुर आले मगर र सीतादेवी बस्नेत बिजयी भएका छन् ।

त्यसैगरि वडा नं ४ मा गठबन्धनबाट नेपाली कांग्रेसका सन्तोष मानन्धरले ५३८ मतका साथ बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का गोपाल भट्टराईले २६० मत प्राप्त गरेका छन् ।

वडा ५ मा गठबन्धनबाट नेपाली कांग्रेसका महेश राईले ६०१ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका डिल्ली कुमार भण्डारीले ४३८ मत प्राप्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।