पाख्रिबास नगरपालिकाको वडा ४ र ५ मा अध्यक्ष सहित गठबन्धनको प्यानलै बिजयी

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं ४ र ५ को मतगणना सम्पन्न भएको छ ।

अन्तिम मत परिणाम अनुसार वडा नं ४ अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका सन्तोष मानन्धरले ५८८ मत ल्याउंदै बिजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का गोपाल भट्टराईले ३०० मत प्राप्त गरेका छन् ।

खुला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारहरुले ६७७ र ६३८ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवारले ३२७ र २८८ मत ल्याएका छन् ।

महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका शुष्मा गुरुंगले ६८३ मत ल्याएर बिजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी एमालेका विमलादेवी पाण्डेले ३२४ मत प्राप्त गरेका छन् । त्यसैगरि दलित महिला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका कुमारी दर्जीले ६९२ मत ल्याएर बिजयी बनेका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका पार्वता नेपालीले ३१९ मत प्राप्त गरेका छन् ।

वडा नं ५ अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका महेश राईले ६७७ मत ल्याउंदै बिजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का डिल्ली कुमार भण्डारीले ४९४ मत प्राप्त गरेका छन् ।

खुला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारहरुले ६५६ र ६६९ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवारले ४८० र ४८८ मत ल्याएका छन् ।

महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका सरिता कटुवालले ६५२ मत ल्याएर बिजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी एमालेका सन्जा खड्काले ५१६ मत प्राप्त गरेका छन् । त्यसैगरि दलित महिला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका अमृता बिकले ६६५ मत ल्याएर बिजयी बनेका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका बबिता बिश्नकर्माले ५०९ मत प्राप्त गरेका छन् ।

यस अघि वडा १,२ र ३ को अन्तिम मत परिणाम सार्बजनिक भइसकेको छ ।

जस अनुसार वडा नं १ मा गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भोगैन्द्र पाण्डे सहित प्यानलै बिजयी भएका छन् ।

अन्तिम सार्बजनिक गरिएको मत परिणाम अनुसार वडा नं १ मा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भोगेन्द्र पाण्डेले ४२३ मत प्राप्त गर्दै बिजयी बनेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का दुर्गा बहादुर थापाले २७९ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका डम्बर कुमारी अधिकारीले ३९० मत प्राप्त गर्दै बिजयी भएका छन् भने वहांका निकटकम प्रतिद्वन्दी एमालेका तारा कार्की(बानिया) ले ३०५ मत प्राप्त गरेका छन् !

दलित महिला सदस्य तर्फ गठबन्धन नेकाका कोपिला सार्कीले ३९९ नत प्राप्त गर्दै विजयी भएका छन् भने एमालेका धन माया सार्कीले २९८ मत प्राप्त गरेकी छन् ।

खुला सदस्य १ मा गठबन्धन नेकाले ३९४ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने निकटतम प्रतिद्वन्दी एमालेले ३०४ मत र सदस्य २ तर्फ नेकाले ३१९ र एमालेले २९९ मत प्राप्त गरेका छन् ।

वडा नं २ मा वडा अध्यक्षमा एमालेका चुडामणि पुलामीले ७७० मत ल्याएर विजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका धन बहादुर लुंगेली मगरले ५९६ मत प्राप्त गरेका छन् ।

त्यसैगरि महिला सदस्य तर्फ एमालेका देवकी आलेले ७८३ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेका का टीका मगरले ५३९ मत प्राप्त गरेका छन् । दलित महिला सदस्य तर्फ एमालेका बिष्णु माया बिश्वकर्माले ७८३ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकाका धनमाया सार्कीले ५७१ मत प्राप्त गरेका छन् ।

खुला सदस्य तर्फ एमालेका उम्मेदवारहरु निम बहादुर तामांग र रेवतराज गुर्मछान बिजयी भएका छन् ।

त्यसैगरि वडा नं ३ का अध्यक्षमा एमालेका सरोज राई बिजयी भएका छन् । राईले ५७४ मत प्राप्त गरेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण बहादुर कटुवालले ५६४ मत प्राप्त गरेका छन् ।

महिला सदस्य तर्फ एमालेका यशोदा तामांगले ५७० मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका धन माया राईले ५५१ मत प्राप्त गरेका छन् । दलित महिला सदस्यमा एमालेका निर्मला बिश्वकर्माले ५५९ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका लक्ष्मी दर्जीले ५४५ मत ल्याएका छन् ।

त्यसैगरि खुला सदस्य तर्फ एमालेका चन्द्र बहादुर आले मगर र सीतादेवी बस्नेत बिजयी भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।