धनकुटाको थलथलेमा मतदान जारी

धनकुटा, २ जेठ । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न ६ का ३ वटा मतदान केन्द्रमा मतदान सुरु भएको छ । बैशाख ३० गते स्थगित भएको मतदान आज विहान ७ बजे बाट सुरु भएको जिल्ला निर्वाचन कार्यलय धनकुटाका प्रमुख जयराम श्रेष्ठले जानकारी दिनुभयो ।

मतदानलाई ध्यानमा राखेर नेपाल प्रहरी, सशत्र प्रहरी र बाहिरी सुरक्षाका लागि नेपाली सेना समेत लाई परिचालन गर्ने गरि सुरक्षा ब्यावस्था मिलाईएको जिल्ला प्रसाशन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिनुभयो । बैशाख ३० गते करिब १९ प्रतिशत मतदान भई सके पछि राजनैतीकदलका कार्यकर्ता विच विवाद कारण स्थगित भएको थियो ।

पूर्वखोलामा एमाले विजयी
रामपुर (पाल्पा), २ जेठ (रासस) ः पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सो पालिका अध्यक्षमा नुनबहादुर थापा, उपाध्यक्ष भागीरथी भट्टराईसहित सबै वडामा एमालेले विजयी हासिल गरेको छ ।

एमाले अध्यक्षका उम्मेदवार थापाले छ हजार ३९ मत ल्याई विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मीनप्रसाद गिरीले एक हजार २५७ मत पाउनुभएको छ । नवनिर्वाचित थापाले गिरीलाई चार हजार ७८२ मतान्तरले पराजित गुर्नभएको छ ।

उपाध्यक्षमा एमालेकै भागीरथी भट्टराईले पाँच हजार ८९४ मतसहित विजयी हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार विष्णुकुमारी आचार्यले दुई हजार २५० मत पाउनुभएको छ ।

पालिकाका छवटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ । वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन् । यहाँ २०७४ को निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य एमालेले जित हासिल गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।