धनकुटाका तीन वटा स्थानिय तहको अन्तिम नतिजा सार्वजनिक,कुन पालिकामा कस्ले जिते ?

धनकुटा,२ जेठ । स्थानिय तह अन्र्तगत धनकुटाका तीन वटा स्थानियतहको अन्तीम नतिजा सार्वजनिक भएको छ ।

जस अन्र्तगत धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमाले उम्मेदवार राजकुमार चेम्जोङ्ग बिजयी भएका छन् उनले ५ हजार ३८ मत ल्याई विजयी भएका हुन् उनका निकटतम प्रतिद्धन्धी गठबन्धन बाट दल बहादुर मगरले ३ हजार ९ सय ९१ मत प्राप्त गरे त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी टंकमाया पाङ्गी मगरले ४ हजार ९ सय ८३ मत प्राप्त गरेर विजयी भईन भने गठबन्धन बाट जनता समाजवादीका उपाध्यक्षमा दिवा चेम्जोङ्गले ३ अजार ९ सय ८८ मत प्राप्त गरे ।

त्यस्तै साँगुरीगढी गाउँपालिकामा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका जितेन्द्र रुम्दाली राईले ५ हजार ३ सय ९९ मत प्राप्त गरी बिजयी भएका छन् निकटतम प्रतिद्धन्धी नेकपा एमालेका कुमार जंग याख्खाले ४ हजार ८ सय २८ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी मुना राईले ३ हजार ६ सय ९२ मत प्राप्त गर्दै बिजयी भएकी छन्् उनका निकटतम प्रतिद्धन्धी गठबन्धनका जसपाका लिलाराज लावतीले ३ हजार २ सय १७ मत प्राप्त गरे ।

उता धनकुटाको छथरजोरपाटी गाउँपालिकामा गठबन्धनको तर्फ बाट नेपाली कांग्रेसका उम्मेदवार छत्र सुुब्बाले ४ हजार ३ सय ५९ मत प्राप्त गदैै विजयी भएका छन् भने निकतम प्रतिद्धन्धी नेकपा एमालेका शेरबहादुर लिम्बुुले ४ हजार १ सय ६४ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष्मा गठबन्धनको तर्फ बाट नेकपा माओवादीकी गिता खेवाले ४ हजार ३ सय ८७ मत प्राप्त गर्दै बिजयी भएकी छन् भने यनकी निकटतम प्रतिद्धन्धी नेकपा एमालेकी गोमा कार्किले ३ हजार ६ सय १९ मत प्राप्त गरेकी छन्।

पूर्वखोलामा एमाले विजयी
रामपुर (पाल्पा), २ जेठ (रासस) ः पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सो पालिका अध्यक्षमा नुनबहादुर थापा, उपाध्यक्ष भागीरथी भट्टराईसहित सबै वडामा एमालेले विजयी हासिल गरेको छ ।

एमाले अध्यक्षका उम्मेदवार थापाले छ हजार ३९ मत ल्याई विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मीनप्रसाद गिरीले एक हजार २५७ मत पाउनुभएको छ । नवनिर्वाचित थापाले गिरीलाई चार हजार ७८२ मतान्तरले पराजित गुर्नभएको छ ।

उपाध्यक्षमा एमालेकै भागीरथी भट्टराईले पाँच हजार ८९४ मतसहित विजयी हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार विष्णुकुमारी आचार्यले दुई हजार २५० मत पाउनुभएको छ ।

पालिकाका छवटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ । वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन् । यहाँ २०७४ को निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य एमालेले जित हासिल गरेको थियो ।

उता धनकुटाको छथरजोरपाटी गाउँपालिकामा गठबन्धनको तर्फ बाट नेपाली कांग्रेसका उम्मेदवार छत्र सुब्बाले ४ हजार ३ सय ५९ मत प्राप्त गदैै विजयी भएका छन् भने निकतम प्रतिद्धन्धी नेकपा एमालेका शेरबहादुर लिम्बुुले ४ हजार १ सय ६४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष्मा गठबन्धनको तर्फ बाट नेकपा माओवादीकी गिता खेवाले ४ हजार ३ सय ८७ मत प्राप्त गर्दै बिजयी भएकी छन् भने यनकी निकटतम प्रतिद्धन्धी नेकपा एमालेकी गोमा कार्किले ३ हजार ६ सय १९ मत प्राप्त गरेकी छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।