धनकुटाको महालक्ष्मी नगरपालिका प्रमुखमा गठबन्धनको अग्रता कायमै,उपप्रमुखमा एमाले

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा मेयर पदमा संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेद्धार ध्रुराज रायको अग्रता कायम छ । विहान साढे ८ सम्मको मत परिणाम अनुसार रायले ४९२२ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका दिपक बुढाथोकीले ३९३८ मत प्राप्त गर्नु भएको छ ।

उपमेयर तर्फ भने नेकपा एमालेका मञ्जु अधिकारीले ४२११ ले अग्र स्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिष्पर्धी गठबन्धनका प्रेम खड्काले अहिले सम्म ३७३६ मत प्राप्त गर्नुभएको छ । यो नगरमा १,२,३,४,५,६,७ नं वडाको मत गणना भईसकेको छ । अहिले वडा नं ८ को मत गणना हुँदैछ ।

बाँकेका पन्ध्र वडाको मत परिणाम सार्वजनिक
नेपालगञ्ज, २ जेठ (रासस) ःबाँकेमा कुल ८१ वडामध्ये अहिलेसम्म १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा ९एमाले०ले पाँच, नेपाली कांग्रेसले चार, नेकपा ९माओवादी केन्द्र०ले तीन, जनता समाजवादी पार्टी ९जसपा०ले दुई तथा राप्रपाले एक वडा जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल निर्वाचित हुनुभएको छ । उहाँले कूल ७८१ मत प्राप्त गर्नुभएको थियो ।

उहाँ यसअघि पनि सो वडाका वडाध्यक्ष हुनुहुन्थ्यो । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तारामान कुँवरले ७२७ मत प्राप्त गर्नुभयो भने कांग्रेसले ५८१ मत प्राप्त गरेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा राप्रपाका मनोज श्रेष्ठले ५५० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उक्त वडा विसं २०७४ को निर्वाचनमा कांग्रेसले जितेको थियो । नेपालगञ्ज– २२ मा जसपाका अब्दुल गफ्फार हलवाई निर्वाचित हुनुभयो । यस्तै जानकी गाउँपालिका वडा नम्बर १ मा जसपाका प्यानल विजयी भएकोछ । जसपा नेपालका मोहम्मद रजा राइ वडाध्यक्षमा एक हजार १७४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।वडा नम्बर २ मा नेकपा माओबादीका चन्द्रिकाप्रसाद गुप्ता विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित हुनुभएको हो ।

राप्तीसोनारी गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका यमबहादुर खड्का निर्वाचित हुनुभयो । उहाँसहित एमालेको पूरै प्यानल निर्वाचित भएको हो ।
खुला सदस्यमा एमालेकै चूर्णबहादुर भण्डारी र भरत बुढाथोकी, महिला सदस्यमा एमालेकै यमकुमारी ओली र दलित महिला सदस्यमा निर्मला विक निर्वाचित हुनुभएको छ ।
राप्तीसोनारी –२ मा एमालेका उम्मेदवार ज्ञानेन्द्र वली ९ज्ञानु० विजयी हुनुभएको छ । राप्तीसोनारी–३ मा एमालेका मीनकुमार थारु निर्वाचित हुनुभएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार मिनकुमार थारुले एक हजार ३४३ मत ल्याउनुभएको छ । महिला सदस्यमा सुमित्राकुमारी थारु दलित महिला सदस्यमा रिता दमाई, खुला सदस्यतर्फ पुन्वा थारु र मङ्गलबहादुर ओली विजयी भएका हुनुभएको छ । कोहलपुर नगरपालिका–१ मा माओवादीका बद्रीप्रसाद जैसीको प्यानल विजयी भएको छ ।

कोहलपुर– १५ मा कांग्रेसका दीपेन्द्रकुमार थारु वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । सो वडामा कांग्रेसको पूरै प्यानल निर्वाचित भएको छ । खुजुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका मनवीर खत्री विजयी हुनुभएको छ । डुडुवा गाउँपालिका–१ मा कांग्रेसका पटेश्वरी कुर्मीसहितको प्यानल विजयी भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।