धनकुटा नगरपालिका अपडेट : प्रमुख -उपप्रमुखमा एमालेको अग्रता कायमै

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ ।

जस अनुसार आज दिउंसो १ बजे सार्बजनिक गरिएको मत परिणाम अनुसार नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन तामांगले ४ हजार ६ सय ४९ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनबाट कांग्रेसका दिनेश राईले ४ हजार ५ सय ३४ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपप्रमुख पदमा एमालेका भिमादेवी खनाल(शान्ता) ले ४ हजार ८ सय ३१ मत प्राप्त गरेर गरेका छन् भने गठबन्धनबाट नेकपा माओवादीका गणेश बहादुर बिष्टले ४ हजार १५ मत ल्याएका छन् ।

यो पनि…
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमाले उम्मेदवार राजकुमार चेम्जोङ्ग बिजयी भएका छन् उनले ५ हजार ३८ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्धी गठबन्धनबाट दल बहादुर मगरले ३ हजार ९ सय ९१ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी टंकमाया पाङ्गी मगरले ४ हजार ९ सय ८३ मत प्राप्त गरेर विजयी भईन भने गठबन्धनबाट जनता समाजवादीका उपाध्यक्षमा दिवा चेम्जोङ्गले ३ हजार ९ सय ८८ मत प्राप्त गरे ।

छथरजोरपाटीमा गठबन्धनले मार्यो बाजी

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार छत्र सुब्बाले ४ हजार ३ सय ५९ मत प्राप्त गर्दै विजयी भएका छन् भने निकटतम प्रतिद्धन्दी नेकपा एमालेका शेरबहादुर लिम्बुले ४ हजार १ सय ६४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष्मा गठबन्धनको तर्फ बाट नेकपा माओवादीकी गिता खेवाले ४ हजार ३ सय ८७ मत प्राप्त गर्दै बिजयी भएकी छन् भने वहांका निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी गोमा कार्कीले ३ हजार ६ सय १९ मत प्राप्त गरेकी छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।