धनकुटा नगरपालिका अपडेट : प्रमुख -उपप्रमुखमा एमालेको अग्रता कायमै

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ ।

जस अनुसार आज दिउंसो १:४५ बजे सार्बजनिक गरिएको मत परिणाम अनुसार नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन तामांगले ४ हजार ८ सय ४ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनबाट कांग्रेसका दिनेश राईले ४ हजार ७ सय ५४ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपप्रमुख पदमा एमालेका भिमादेवी खनाल(शान्ता) ले ४ हजार ३ सय मत प्राप्त गरेर गरेका छन् भने गठबन्धनबाट नेकपा माओवादीका गणेश बहादुर बिष्टले ४ हजार १ सय ८८ मत ल्याएका छन् ।

मानेभञ्ज्याङ गाउँपालिका प्रमुखमा ज्ञानेन्द्र, उपप्रमुखमा आश्रचन निर्वाचित
ओखलढुङ्गा, ३ जेठ (रासस) ःओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी हुनुभएको छ । अध्यक्षमा धारा चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका रुम्दाली र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राई एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित रुम्दालीले नेकपा एमालेका उम्मेदवारलाई एक हजार २०६ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ । रुम्दाली पाँच हजार २१ मत प्राप्त गरेर विजयी हुँदा उहाँका निटतम प्रतिस्पर्धी एमालेका रुपलाल तामाङले तीन हजार ८१५ मत ल्याउनुभएको छ । उपाध्यक्षमा निकटतम प्रतिस्पर्धी जसपाका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मत अन्तरले पराजित गर्दै राई चार हजार ७५० मत प्राप्त गरेर विजयी हुनुभएको छ । उपाध्यक्षमा रुम्दालीले दुई हजार ५७७ मत प्राप्त गर्नुभएको छ ।

यहाँका नौमध्ये सातमा कांग्रेस र दुई वडामा एमालेले जितेको छ । कांग्रेसबाट वडा नं.१ मा राजकुमार रुम्दाली, २ मा राममणि राई, ४ मा विष्णु तामाङ, ५ मा रामकुमार राई, ६ मा हेमराज राई, वडा नं.७ मा विष्णुप्रसाद गौतम, वडा नं. ८ मा भिम बलाम्पाकी मगरले जित्नुभएको छ ।

नेकपा एमालेबाट वडा नं.९ मा पूर्णबहादुर मगर र ३ मा जितेन्द्र राईले जित्नुभएको छ । विसं. २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित सात वडामा कांग्रेस, एउटा वडामा माओवादी र एउटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।