पाख्रिबास नगरपालिका वडा ८ मा गठबन्धनका अध्यक्ष सहित ४ जना विजयी,१ एमालेलाई

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं ८ को मतगणना सकिएको छ ।

अन्तिम मत परिणाम अनुसार वडा अध्यक्षमा नेपाली कांग्रेसका गजेन्द्र बहादुर राईले ६ सय ३१ मत ल्याउंदै विजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का सिता राम राईले ५ सय ३२ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्य तर्फ नेपाली कांग्रेसका लेखा कुमारी काफ्लेले ५ सय ८० मत प्राप्त गर्दै बिजयी भएका छन् भने वहांका निकटकम प्रतिद्वन्दी एमालेका भुल माया राईले ५ सय ४९ मत प्राप्त गरेका छन् !

दलित महिला सदस्य तर्फ नेकाका रुपा दर्जीले ५ सय ८७ मत प्राप्त गर्दै विजयी भएका छन् भने एमालेका सनत माया सार्कीले ५ सय ४१ मत प्राप्त गरेकी छन् ।

खुला सदस्य १ मा नेकाका गंगा देव राईले ५ सय ६५ मत ल्याएर बिजयी भएका छन् भने नेकपा एमालेका हेम बहादुर गिरीले ५ सय ५९ मत ल्याएर बिजयी भएका छन् ।

यस अघि वडाहरुमा १,२,३,४,५,६,७ को अन्तिम नतिजा सार्बजनिक भइसकेको छ ।

जस अनुसार वडा नं १ मा गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र पाण्डे सहित प्यानलै बिजयी भएका छन् ।

मत परिणाम अनुसार वडा नं १ मा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका पाण्डेले ४२३ मत प्राप्त गर्दै बिजयी बनेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का दुर्गा बहादुर थापाले २७९ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका डम्बर कुमारी अधिकारीले ३९० मत प्राप्त गर्दै बिजयी भएका छन् भने वहांका निकटकम प्रतिद्वन्दी एमालेका तारा कार्की(बानिया) ले ३०५ मत प्राप्त गरेका छन् !

दलित महिला सदस्य तर्फ गठबन्धन नेकाका कोपिला सार्कीले ३९९ नत प्राप्त गर्दै विजयी भएका छन् भने एमालेका धन माया सार्कीले २९८ मत प्राप्त गरेकी छन् ।

खुला सदस्य १ मा गठबन्धन नेकाले ३९४ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने निकटतम प्रतिद्वन्दी एमालेले ३०४ मत र सदस्य २ तर्फ नेकाले ३१९ र एमालेले २९९ मत प्राप्त गरेका छन् ।

वडा नं २ र ३ मा वडा नेकपा(एमाले) बाट वडा अध्यक्ष सहित प्यानलै बिजयी भएका छन् ।

वडा नं २ मा वडा अध्यक्षमा एमालेका चुडामणि पुलामीले ७७० मत ल्याएर विजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका धन बहादुर लुंगेली मगरले ५९६ मत प्राप्त गरेका छन् ।

त्यसैगरि महिला सदस्य तर्फ एमालेका देवकी आलेले ७८३ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेका का टीका मगरले ५३९ मत प्राप्त गरेका छन् । दलित महिला सदस्य तर्फ एमालेका बिष्णु माया बिश्वकर्माले ७८३ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकाका धनमाया सार्कीले ५७१ मत प्राप्त गरेका छन् ।

खुला सदस्य तर्फ एमालेका उम्मेदवारहरु निम बहादुर तामांग र रेवतराज गुर्मछान बिजयी भएका छन् ।

त्यसैगरि वडा नं ३ का अध्यक्षमा एमालेका सरोज राई बिजयी भएका छन् । राईले ५७४ मत प्राप्त गरेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण बहादुर कटुवालले ५६४ मत प्राप्त गरेका छन् ।

महिला सदस्य तर्फ एमालेका यशोदा तामांगले ५७० मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका धन माया राईले ५५१ मत प्राप्त गरेका छन् । दलित महिला सदस्यमा एमालेका निर्मला बिश्वकर्माले ५५९ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका लक्ष्मी दर्जीले ५४५ मत ल्याएका छन् ।

त्यसैगरि खुला सदस्य तर्फ एमालेका चन्द्र बहादुर आले मगर र सीतादेवी बस्नेत बिजयी भएका छन् ।

त्यसैगरि वडा नं ४ मा गठबन्धनबाट नेपाली कांग्रेसका सन्तोष मानन्धरले ५३८ मतका साथ बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का गोपाल भट्टराईले २६० मत प्राप्त गरेका छन् ।

वडा ५ मा गठबन्धनबाट नेपाली कांग्रेसका महेश राईले ६०१ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका डिल्ली कुमार भण्डारीले ४३८ मत प्राप्त गरेका छन् ।

वडा नं ६ अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका देबेन्द्र गुरागाईले ५६९ मत ल्याउंदै बिजयी भएका छन् ।

खुला सदस्य तर्फ नेकपा एमालेका नेत्र बहादुर भण्डारी र भक्त बहादुर राना मगर बिजयी भएका छन् । त्यसैगरि महिला सदस्यमा एमालेका गंगा बुढाथोकीले ५६४ मत प्राप्त गर्दै बिजयी भएका छन् ।

दलित महिला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका तील कुमारी बिश्वकर्माले ५५६ मत ल्याएर बिजयी बनेका छन् ।

वडा नं ७ अध्यक्षमा नेकपा(एमाले) का देबेन्द्र तामांगले ३३८ मत प्राप्त गरेर बिजयी भएका छन्

खुला सदस्य तर्फ चन्द्र बहादुर तामांग र बाबुराम भण्डारी निर्वाचित भएका छन् भने महिला सदस्य तर्फ एमालेका सविता कार्कीले ३३५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

दलित महिला सदस्य तर्फ एमालेका कमला बिकले ३३१ मत ल्याउंदै बिजयी भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।