धनकुटामै एमालेबाट एक मात्र महिला वडा अध्यक्ष उम्मेदवार आलेको जित
धनकुटा । धनकुटाको ६० वडा मध्ये नेकपा एमालेको तर्फबाट एक मात्र महिला वडा अध्यक्षको उम्मेदवार सम्झना आले विजयी विजयी भएका छन् ।
आले पाख्रीबास नगरपालिकाको वडा नं ९ बाट एमालेका तर्फबाट प्रत्यासी हुनुहुन्थ्यो । भर्खरै सम्पन्न मतगणना अनुसार आलेले ७२ मतान्तरले जितेका हुन् ।
परिणाम अनुसार आलेले ६ सय १२ ल्याएका छन् भने वहांका प्रत्यासी गठबन्धनबाट नेपाली कांग्रेसका धन बहादुर तामांगले ५ सय ४० मत प्राप्त गरेका छन् ।
पाख्रिबास नगरपालिका वडा ९ अध्यक्षमा एमालेका आले बिजयी
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं ९ को मतगणना सकिएको छ ।
अन्तिम मत परिणाम अनुसार वडा अध्यक्षमा नेकपा(एमाले) का सम्झना आलेले ६ सय १२ मत ल्याउंदै विजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट नेपाली कांग्रेसका धन बहादुर ५ सय ४० मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्य तर्फ एमालेका तारादेवी अधिकारीले ६ सय २५ मत ल्याएर बिजयी भएका छन् भने वहांका निकटकम प्रतिद्वन्दी नेकाका फुलमाया तामांगले ५ सय २६ मत प्राप्त गरेका छन् !
खुला सदस्य १ मा एमालेका पहलमान घिसिंगले ६ सय २४ र मदन कुमार आलेले ६ सय २० मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकाका आइत सिंह दर्लामीले ५ सय ११ र नगेन्द्र मोक्तानले ५ सय ६ मत प्राप्त गरेका छन् ।
दलित महिला सदस्य तर्फ नेपाली कांग्रेसका डम्बर माया दर्जी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।


