धनकुटाको शहिदभुमिमा मतदान सम्पन्न
धनकुटा,२ जेठ । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न ६ का ३ वटा मतदान केन्द्रमा बैशाख ३० गते स्थगित भएको मतदान आज सम्पन्न भएको छ ।
विवादका कारण स्थगित भएको मतदान आज सम्पन्न भएका हो । २ हजार ५ सय १३ मतदाता रहेको केन्द्रमा १ हजार ८ सय ६० मत खसेको छ ।
निर्वाचन शान्ति पूर्ण रुपमा सकिएको र शहिदभूमी गाउँपालिकाको मतगणना समेत सम्भवत आजै बाट सुरु गरिने निर्वाचन अधिकृत रुद्रमणी गिरीले जानकारी दिनु भयो ।
पाख्रिबास नगरपालिका वडा ९ अध्यक्षमा एमालेका आले बिजयी
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं ९ को मतगणना सकिएको छ ।
अन्तिम मत परिणाम अनुसार वडा अध्यक्षमा नेकपा(एमाले) का सम्झना आलेले ६ सय १२ मत ल्याउंदै विजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट नेपाली कांग्रेसका धन बहादुर ५ सय ४० मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्य तर्फ एमालेका तारादेवी अधिकारीले ६ सय २५ मत ल्याएर बिजयी भएका छन् भने वहांका निकटकम प्रतिद्वन्दी नेकाका फुलमाया तामांगले ५ सय २६ मत प्राप्त गरेका छन् !
खुला सदस्य १ मा एमालेका पहलमान घिसिंगले ६ सय २४ र मदन कुमार आलेले ६ सय २० मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकाका आइत सिंह दर्लामीले ५ सय ११ र नगेन्द्र मोक्तानले ५ सय ६ मत प्राप्त गरेका छन् ।
दलित महिला सदस्य तर्फ नेपाली कांग्रेसका डम्बर माया दर्जी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।


