धनकुटा नगरपालिका अपडेट : प्रमुखमा गठबन्धनका राईले लिए अग्रता,उपप्रमुखमा एमालेको अग्रता कायमै
धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ ।
जस अनुसार नगर प्रमुख पदमा गठबन्धनबाट कांग्रेसका दिनेश राईले ५ हजार ४ सय ४७ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने नेकपा एमालेका चिन्तन तामांगले ५ हजार ३ सय ५६ मत ल्याएका छन् ।
त्यसैगरि उपप्रमुख पदमा एमालेका भिमादेवी खनाल(शान्ता) ले ५ हजार ६३ मत प्राप्त गरेर गरेका छन् भने गठबन्धनबाट नेकपा माओवादीका गणेश बहादुर बिष्टले ४ हजार ८ सय ८६ मत ल्याएका छन् ।
पाख्रिबास नगरपालिका वडा ९ अध्यक्षमा एमालेका आले बिजयी
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं ९ को मतगणना सकिएको छ ।
अन्तिम मत परिणाम अनुसार वडा अध्यक्षमा नेकपा(एमाले) का सम्झना आलेले ६ सय १२ मत ल्याउंदै विजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट नेपाली कांग्रेसका धन बहादुर ५ सय ४० मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्य तर्फ एमालेका तारादेवी अधिकारीले ६ सय २५ मत ल्याएर बिजयी भएका छन् भने वहांका निकटकम प्रतिद्वन्दी नेकाका फुलमाया तामांगले ५ सय २६ मत प्राप्त गरेका छन् !
खुला सदस्य १ मा एमालेका पहलमान घिसिंगले ६ सय २४ र मदन कुमार आलेले ६ सय २० मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकाका आइत सिंह दर्लामीले ५ सय ११ र नगेन्द्र मोक्तानले ५ सय ६ मत प्राप्त गरेका छन् ।
दलित महिला सदस्य तर्फ नेपाली कांग्रेसका डम्बर माया दर्जी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।


